मुम्बई / फिल्ममा अभिनय गरेको पारिश्रमिक लिन गएकी एक हिरोइन सामुहिक बलात्कारको सिकार बनेकी छिन् । मराठी फिल्ममा केही समयदेखि निरन्तर अभिनय गरिरहेकी हिरोइनलाई निर्देशकसहित ५ जनाले सामूहिक बलात्कार गरेका हुन् । यो घटनामा संलग्न एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

औरंगाबाद स्थानीय अपराध शाखा (ग्रामीण)का निरीक्षक कंचन कुमार चातेका अनुसार मुम्बईमा बस्दै आएकी बलात्कृत अभिनेत्रीले मराठी फिल्म ‘लहनपन’ मा काम गरेको पारिश्रमिक पाएकी थिइनन् ।

तर, निर्देशकले पैसा दिने भन्दै आफ्नो साथीकोमा पैसा लिन जान नायिकालाई आग्रह गरे । जब पीडित अभिनेत्री आफ्नो पारिश्रमिक लिन निर्देशकका साथीकहाँ गईन् तब उनीहरुले ५६ किलोमिटर टाढा पुर्‍याए । ४ साथीसँग मिलेर निर्देशकले उनको सामुहिक बलात्कार गरे ।

प्रहरीले घटनालाई पैठन पुलिसको जिम्मा लगाएको छ र घटनाको छानविन तथा अनुसन्धान चलिरहेको छ । प्रहरीका अनुसार गिरफ्तार गरिएका एक जना बलात्कारमा संलग्न गोविन्द चितलांगे हुन् । घटनामा संलग्न निर्देशकसहित चार आरोपी फरार छन् ।

पूर्वेली न्यूज