रङ्गेली/ उप–प्रधान एंव संघिय मामिला तथा स्थानिय विकासमन्त्री विजयकुमार गच्छदारले तेश्रो चरणको स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनतापार्टीलाई सहभागी गराउन सरकारले हरसंम्भव प्रयास गरि रहेको बताएका छन् ।

विराटनगरमा विमानस्थल शुक्रबार संचारकर्मीसँग कुरागर्दे नेपाल लोकतान्त्रीक फोरमका अध्यक्ष समेत रहेका गच्छदारले यस्तो बताएका हुन् ।

उनले राजपालाई चुनावमा सहभागी गराउने परिस्थिती बनाउन सरकार लागि परेको बताए । ‘राजपाको सवै माग सम्वोधन गर्न नसकेपनी पुरा गर्न सकिने मागका विषयमा सरकार हदैसम्म लचकता अपाउन तयार रहेको भन्दै, उनले, ‘सरकारको सदासयतालाई पनि राजपाले बुझनुपर्छ ।’

असोज २ गतेको निर्वाचनका लागी सरकार लागी सकेकाले अव कुनैपनी बहानामा निर्वाचन नरोकिने उनको भनाई थियो । उनले निर्वाचन नै संविधान कार्यान्वयनको पहिलो खुड्किला भएकाले निर्वाचन रोक्न नमिल्ने बताए । पहिलो र दोश्रो चरणको निर्वाचन सफल भएसंगै दुई नम्वर प्रदेशका जनतापनी निर्वाचनमा सहभागी हुन आतुर रहेको उनले बताए ।

उप–प्रधानमन्त्री गच्छदारले भर्खरै गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोग स्वतन्त्र आयोग भएकाले यसले कामगर्दा कामगर्दा भौगोलिक र जनशख्याको आधारमा जातिय कलस्टरमा असर नपर्ने गरी निष्पक्ष भएर क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिए । मंसिर १० गतेसम्म प्रदेशको निर्वाचन गर्नुपर्ने भएकाले सोही अनुरुपमा सन्तुलित भएर आयोगले आफनो काम अगाडी वढाउनुपर्नेमा उनले जोड दिए ।