इटहरी/ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेकपा एमाले जिल्ला किमिटी (सुनसरी) अध्यक्ष पदबाट राजिनामा दिनेभएका छन् । चौधरीले चाँडै पार्टीको बैठक राखेर पार्टीको अध्यक्ष पदबाट राजिनामा दिने तयारी गरेका छन् ।

यस bout मा पार्टी केन्द्रको कुनै सर्कुलर नआए पनि पार्टीको कार्यकारी जिम्मेवारी अरुलाई हस्तान्तरण गर्ने योजना बनाएको उनले बताए । नगरप्रमुख सबैको साझा हुने भएकाले एउटै व्यक्तिले दुई पदमा रहेर काम गर्दा गाह्रो हुनेहुँदा अध्यक्ष पदबाट राजिनामा दिन लागेको बताईएको छ । नेकपा एमाले भित्र प्रभावशाली नेता मानिने चौधरीले हाल पदाधिकारीकै कसैलाई अध्यक्ष सम्हाल्न दिने बताए । उनका अनुसार त्यस पश्चात जिल्ला माहाधिवेशन आयोजक समितिलाई जिम्मा दिइनेछ ।

पार्टीको जिल्ला बैठक राखेपछि उनले राजीनाम दिने भएका छन् । हालको पदाधिकारीबाटै नै एकलाई कार्यकारी जिम्मेवारी सुम्पेर जिल्ला अधिवेशनका लागि आयोजक समिति समेत गठन गर्ने उनको तयारी छ । साबिकको हाँसपोसा, पकली र खनार गाविस इटहरी नगरपालिकासँग गाभिएर बनेको इटहरी उपमहानगरपालिकाका नगरबासीहरुले चौधरी प्रमुखमा निर्वाचित भएपछि समृद्धिको आशा राखेका छन् ।

देशभरका गाविस अध्यक्ष मध्येबाट उत्कृष्ट काम गरेकोमा चौधरी सम्मानित समेत भईसकेका छन् । उनले पार्टी अध्यक्षबाट राजिनामा दिएपछि सबै ध्यान र मन समग्र नगरविकासमा लाग्ने, जसले नगरको विकास र समृद्धिहुने नगरवासीहरु बताउँछन् ।