धरान/धरानको छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ आगलागी भएको छ । आगलागीमा परी करिव ५ लाख रुपैया भन्दा बढीको क्षति भएको छ । धरान–१५ पुष्पाञ्जली मार्गका शिबकुमार राईको भान्सा कोठामा आगलागी भएको छ । उनको भान्सा कोठाको सिलीण्डर ग्याँसबाट ग्याँस लिक भई अचानक लागेको आगोले भान्सा घरमा भएको खाद्यान्न, फ्रिज तथा अन्य सामान जलेर नष्ट भएको हो । आगलागी नियन्त्रण गर्ने क्रममा सोही ठाउँका कुसुम लिम्बु र बिमल याक्खा सामान्य घाईते बनेका छन् । लिम्बूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र याक्खालाई विजयपुर हस्पिटलमा उपचार गरी घर ल्याइएको छ । यस्तै धरान–१७ मा पनि आगलागी भएको छ । लक्ष्मण चापागाई र नन्दकुमारी लिम्बुले संचालन गरेको धरान रुवा उद्योगमा जेनेरेटरबाट बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट जेनेरेटर १ थान, कपडा फिटने मेशिन १ थान र ४ सय किलो रुवा समेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी, दमकल र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।