[caption id="attachment_50391" align="alignleft" width="193"] स्व. डिना वांगदेल[/caption] काठमाडौँ/ कला अध्येता तथा नेपाल कला परिषद्का कार्यकारी सदस्य डा डिना वांगदेलको निधनमा शोक मनाउन परिषद्मा बुधबारदेखि शोकपुस्तिका राखिएको छ । डा वांगदेलको मंगलबार अमेरिकामा ५४ वर्षको उमेरमा निधन भएको थियो । शोकपुस्तिका १५ दिनसम्म राखिने परिषद्का कार्यकारी सदस्य जीवन राजोपाध्यायले जानकारी दिए । रासस