तेह्रथुम/तेह्रथुममा मोटरसाईकल दुर्घटना हुदाँ केही बेर अगाडी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार अर्का एक जना गम्भिर घाईते भएका छन । तेह्रथुमको जिरिखिम्तीबाट धरान तर्फ जादै गरेको को १० प ५६२० नम्वरको मोटरसाईकल कोशी राजमार्गको लसुने बसन्तपुर खण्डको च्याक्चेमा दुर्घटना हुदाँ मोटरसाईलकको पछाडी बसेका २५ वर्षिय राममाईला लिम्वुको मृत्यु भएको हो । सडकबाट मोटरसाईकल भिरमा खसेर गम्भिर घाईते भएका लिम्वुको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । मोटरसाईकल चालक २८ वर्षिय सुजन लिम्वुलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख भिम कट्वालले बताए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।