चक्रघट्टी / बच्चा जन्मिएपछि नाल काट्ने क्रममा एक महिलाको मृत्यू भएको छ ।सुनसरीको बराहा नगरपालिका ५की तुलसा माझीको बच्चा जन्मीएपछि नाल काट्ने क्रममा मृत्यू भएको हो ।

[caption id="attachment_50437" align="alignleft" width="495"] मृतक तुलसाकाे नवजात शिशु र उनकाे परिवार[/caption]

बुधबार राती १ बजे घरमै बच्चा जन्मिए पनि सालनाल नझरेपछि स्थानिय हेल्थ असिस्टेन राम देव ठाकुले हात हालेर निकाल्न खोज्दा श्रीमतिको मृत्यू भएको श्रीमान् भिमलाल माझीले बताएका छन् । हेल्थ असिसटेन्ट ठाकुरकै गल्तीका कारण श्रीमतिको मृत्यू भएको भिमलालको आरोप छ । बुधबार राती १ बजे बच्च जन्मिएपनि करिव १ घण्टा सम्म पनि सालनाल नझेर पछि श्रीमान भिमलालले स्थानिय शम्भु मेडिकलका हेल्थ असिस्टेन रामदेवलाई बोलाएर ल्याएका थिए ।

हेल्थ असिस्टेन रामदेवले एक पटक प्रयास गर्छु भन्दै हात हालेका थिए, भिमलालले भने भित्रै हात हालेकी अर्कै नसा ताने, श्रीमतिले एक पटक अईया भनी त्यसपछि त घटना भयो । घरमा नहुने भए अस्पताल लान्छु भन्दा पनि रामदेवले हुन्छ गरौँ भन्दै हात हालेको भिमलालको आरोप रहेको छ । श्रीमति बेहोस भएपछि औषधी लिएर आउछु भन्दै रामदेव भागेको भिमलालले बताएका छन् ।मृतक तुसलाले एक घण्टा अगाडि नर्मल रुपमा छोरा जन्माएकी थिईन । बच्चाको अवस्था अहिले समान्य रहेको छ ।

बच्चा जन्मिएपछि केही बेर बोलचाल पनि भएको श्रीमान् भिमलालले बताएका छन् ।लापरवाहीकै कारण महिलाको मृत्यू भएपछि परिवारले ठाकुर विरुद्ध कारबाहीको माग गरेको छ । ठाकुरको नाम किटेर नदिए मात्रै जाहेरी लिने, नभए नलिने भन्दै प्रहरी जाहेरी लिन नमानेको भिमलालले बताएका छन् । पछि रामदेव ठाकुरको नाम हटाएपछि मात्रै प्रहरीले जाहेरी लिएको भिमलालले बताए ।यता, प्रहरीले घटना परिवारले भने जस्तै नभएको बताएको छ ।

घरमै बच्चा जन्मिएपनि साल अड्कीएपछि धेरै ब्लिडिगं भएको देखिएको प्रहरी निरिक्षक गंगा पौडेलले जानकारी दिए । के कारणले घटना भयो यकिन भन्न नसकिने उनले बताए । गाउँलेहरु आक्रोसित भएपछि प्रहरीले हल्थ असिस्टेन ठाकुरलाई पक्राउ गरी प्रहरी कार्यलय ल्याएको थियो । तर भोली पल्ट त्यसै छाडेको परिवारको आरोप रहेको छ ।

घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक पौडलले बताएका छन् । पोष्टर्माटमको रिर्पोट आएपछि थप स्पष्ट हुने उनले बताएका छन् । यता, शम्भु मेडिकलका सञ्चालक रामदेव ठाकुर मेडिकल बन्द गरेर फरार छन् । प्रहरीले भने ठाकुर प्रहरी निगरानीमै रहेको बताएको छ । कुनै पनि बेला बोलाएमा आउने गरी छाडिएको प्रहरी निरिक्षक पौडेलले बताएका छन् ।