धरान/ मङगलबार बिहान धरानको भानुचौक युवाहरु बिच ग्याङ फाईट भएको छ । वडा प्रहरी कार्यालय धरान भन्दान करिब १ सय ५० मिटरको दुरीमा रहेको बसपार्कमा युवाहरुको दुई समुह बिच ग्याङ फाईट भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुले अनुसार सोमबार बिराटनगरबाट धरान आउने क्रममा को १ ख ४५४२ नम्बरको बसका कन्टक्टर राजु राईसँग धरान १५ का श्रीमन मगर  सहितका ३ युवाको भाडाको बिषयमा बिबाद भएको थियो । सोही रिस फेर्न मङगलरबार मगरले आफ्नो ग्याङका साथीहरु लिएर कन्टक्टर राईलाई कुट्न आएका थिए ।

कन्टक्टर,काउन्टरका कर्मचारी र युवाहरुबिच कुटाकुट भएको हो वडा प्रहरी कार्यालय धरानका प्रमखु सई दिपनारायण यादबले जानकारी दिए ।सई यादबका अनुसार ग्याङ फाईटमा संलग्न श्रीमन मगरले बसका कन्टक्टर राजु राईमाथि छुरापनि प्रहार गरेका छन् । छुराप्रहार बाट राईको दायाँ कुममा चोट लागेको छ ।

छुरा प्रहार गर्ने श्रीमन मगरको साथबाट लागुऔषधपनि फेला परेको सई यादबले बताए ।सई यादबका अनुसार अहिले कन्टक्टर राजु राई,बस काउन्टरका कर्मचारी सुमन लिम्बु र कनटक्टरमाथि आक्रमण गर्न आउने श्रीमन मगरलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।श्रीमनकाे ग्याङका थप दुई जना फरार रहेको यादबले बताए ।

ग्याङ फाईटको भिडियो र्हेनुहोस् (भिडियो सौजन्य धिरज अधिकारी)