कमेडियन गणेश इसारासँगको अन्तरङः १. केमा व्यस्त हुनुहुन्छ ? नेशनल आइकन २०१७ को इभेन्ट म्यानेज गरिरहेकोछु । कार्यक्रम हुँदा हँसाउने गर्छु । २. गायकदेखि कसरी कमेडियन कसरी बन्नुभयो ? कलाकारितामा गायक भएर आएको थिए । हजारवटा सिडी बजारमा ल्याएको १५०० पिस बनेर फर्किएपछि कमेडिएन बन्न बाध्य भए । सानैदेखि ठट्टा गर्ने विस्तारै हँसाउन नै सजिलो भयो । अहिले यही कलालाई पेशा बनाएर बसेको छु । ३. कमेडियन धेरै छन् तपाईंको कलामा के फरक छ ? म टिभीबाट आएको कलाकार होइन । विदआउट मेकअप, विदआउट गेटअप कलाले मात्र हँसाउने कलाकार भनेर चिनिन चाहन्छु । ४. तपाईं कस्तो स्वभाव भएको कलाकार ? म एकदमै सेन्टीमेन्ट छु । म आफू रोइरहँदा पनि अरुलाई हँसाउन सक्ने मान्छे । सानोमा आमाको माया नपाएको हजुर, आमाले माया दिनुभयो सट्टामा मैले वहाँलाई केही दिन सकिनँ । धेरै दुःख लाग्छ सम्झँदा । यो कुराले मलाई जहिले पनि दुःखी बनाउँछ । ५. अरुको क्यारीकेचर गर्दा सट्टामा गाली पाउनुभएको छ ? छैन, मैले त स्यावासी पाएको छु । बरु जिस्किएर एउटा साथीको उसको गलफ्रेन्डसँग कुरा गरेको जस्तै क्यारीकेचर गरेर रेकर्ड गरेको थिएँ । उसले मेरो मोबाइल नै फुटाइदिएको छ । ६. क्यारीकेचर गर्दा पूर्वतयारी कतिको गर्नुहुन्छ ? पूर्वतयारी गरेर जाँदा जहिले स्टेजमा कार्यबmम झुर भएको जस्तो लाग्छ तर अचम्म के छ भने मेरो प्रस्तुति तयारी विना नै राम्रो हुन्छ । ७. क्यारीकेचरले जीवन धान्न सकिन्छ ? मैले टेलिभिजनमा काम गरेको छैन । मात्र स्टेज कार्यक्रम गर्ने हो । तर पनि सीमित दर्शकले भए पनि माया गर्नुभएको छ । सन्तुष्टि नै ठूलो कुरो हो रे, सन्तुष्ट छु । ८. दर्शकलाई शब्दबाट कसरी हँसाउनुहुन्छ ? अँ.. धेरै गाह्रो, अहिले दिमागमा आएको यही छ । एकजना साथीले अर्को साथीलाई भनेछ– तपाईंले विहे गर्नुभएछ राम्रो होला नि है ? भनेर प्रश्न गरेछ । त्यो साथीले अँ... मेकअप गर्दा खर्चले नसकिने नगर्दा अनुहार हेर्न नसकिने भनेर भनेछ । हा..हा...हा....