भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्स र सस्पेन्स कथाले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देविराम पराजुली, सीपी पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । [embed]https://youtu.be/PfMA5kUwiGQ[/embed]