धरान/ वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सहयोगका लागि नेपालीहरुले खाडी मुलुक लगायत अन्य मुलुकमा विभिन्न परोपकारी संस्था गठन गरी मानवीय काम गर्दै आइरहेका छन् ।

एक नेपालीले अर्को नेपालीको पीडालाई कम गर्न गठित यस्ता परोपकारी संस्थाहरुले हालसम्म वैदेशिक रोजगारमा गएका हजारौ युवाहरुलाई सहयोग गरेका उदाहरणहरु छन् ।

यस्तै सहयोग कतारमामा रोजगारका लागि गएका सुनसरीका युवाहरुलाई सहयोग गर्ने उद्देश्यले गठित सुनसरी सिर्जनशील परिवार कतारले पीडाका परेका एक युवालाई नेपाल पठाउने काम गरेका छन् ।

‘मानवता अंगाल्ने महान, यही नै हाम्रो अभियान भन्ने मुल नारा साथ गठन भएको यो संस्थाले कतारस्थित सहानियामा रहेको एक कम्पनीमा काम गर्ने इनरुवा नगरपालिका वडा नंं. ६ का मदनकुमार राईलाई कतारदेखि काठमाण्डौकोसम्मको हवाइटिक उपलब्ध गरी उद्धारगरेका छन् ।

विगत चार महिनादेखि कतारमा रहेको सहानियको एक कम्पनीमा काम गर्दैै आएका राई विना पारिश्रमिक काम गर्दैै आएका थिए । काम गरेको पारिश्रमिक नपाउदा उनी नेपाल आउन सक्ने अवस्था समेत नभएको अवस्थामा कतारदेखि काठमाण्डौसम्मको हावाइ टिकट उपलब्ध गराईएको सुनसरी सिर्जनशील परिवार कतारका अध्यक्ष विनोद कटुवालले बताउनुभयो ।

अध्यक्ष कटुवाल, सहित उपाध्यक्ष प्रदिप कुमार राइ, सचिव सोम वहादुर राइ, कोषाध्यक्ष अरूण कुमार के.सी. सदस्य, भुपाल राइ, घनश्याम फुयँल, प्रेम कार्कि सहितको टिमले हवाइ टिकेट उपलब्ध गराएको हो