काठमाडौं/ अभिनेता राजेश हमालले सर्लाहीका बाढी र डुवान पिडितका घाउमा मल्हम लगाउने काम गरेका छन् । उनले आफ्नै एकल खर्चबाट सर्लाहीका सकरौल, सिवनगर, बिनगर्राका पिडितलाई राहात सामाग्री बितरण गरेका हुन् ।

उनका निजी हेयर डिजाइनर राम ठाकुरको पहलमा उनले सो जिल्लाका २०० परिवारलाई प्रति परिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने समेत दिएका छन् । सर्लाही ठाकुरको गृह जिल्ला पनि हो ।सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पिडितले राहात नपाएको भन्ने समाचार बिभिन्न समाचार माध्यममा सुनेपछि राहत बोकेर आफु सर्लाही झरेको अभिनेता राजेशले बताए ।

सो क्रममा राजेशले पिडितहरुको बस्तुस्थिती पनि अबलोकन गरेका छन् । पिडितहरुको स्थिती दयनिय रहेको उनले पाएको सुनाए । सो क्रममा पिडितहरुले हमालसँग अहिलेसम्म समाजिक सुरक्षा भत्ता नपाएको गुनासो समेत गरेका थिए । हमालले समाजिक सुरक्षा वापतको भत्ताको लागी पहल गर्ने आश्वासन दिएको टोलीमा रहेका राम ठाकुरले बताए ।