पुर्वको साहसिक (एभमेन्चर) पर्यटनको सम्पुर्ण हिस्सा धरानले बोकेको छ भन्दा पनि हुन्छ । पुर्वको पहिलो व्यवशायीक प्याराग्याइडिङ गर्ने कम्पनी धरान स्काइ इडभेन्चर हो र त्यो धरानमै संचालित छ ।

पुर्वमा पहिलो पटक र्याफ्टिङ तथा क्यानोनिङ व्यवशाय संचालन गर्ने तमोर रिभर र्याफ्टिङको सेवा प्रदायक पनि धरानमै छ । अझ पुर्वमा पहिलो पटक माउन्टेन बाइकिङमा केहि गर्न खोज्ने अभियानकर्मिहरुको सक्रिय समुह पनि धरानमै छ ।

सफ्ट एडभेन्चर टुरिजमका दक्षिण एसियको चारको भण्डार भनिने कोशी टप्पुमा जंगल सफारी गराँउने सेछ ट्राभलिङ देखी हाइकिङ संस्कार सुरु गर्नेको बाक्लो र व्यवस्थित जमात पनि धरानमै छ । यि सबै कुराहरुले एडभेन्चर र सफ्ट एडभेन्चर पर्यटनमा धरानले प्रदेश एकमा निजी क्षेत्रबाट गरेको नेतृत्वदायी भुमिका देखाँउछ ।

मकालु लगायतका विश्वका उच्च हिमालीऋङखलाहरु जाने ट्रेकिङ रुटमा परेर पनि, प्याराग्याइडिङ, र्याफ्टिङ, क्यानोनिङ, माउन्टेन बाइकिङ, जंगल सफारी जस्ता एभडेन्चर र सफ्ट एडभेन्चर पर्यटनको केन्द्र भएर पनि धरानले यो क्षेत्रमा तेश्रो देशका पर्यटकहरु तान्न सकेको छैन । अझ भनौँ धरानको साहसिक पर्यटनको मार्केट बेच्न सकेको छैन । फलस्वरुप धरानबाट मकालु बेस क्याम्प जाने टे«किङ रुट बेच्न सकिएको छैन । धरानमै सेवा प्रदायकहरु रहेका प्याराग्याइडिङ, र्याफ्टिङ, क्यानोनिङ, माउन्टेन बाइकिङ, जंगल सफारी जस्ता सेवाहरुका अधिकांश ग्राहकहरु नेपाली मात्रै छन । किन चल्नुपर्ने जत्ति चलेन धरानको साहसिक पर्यटन? आज पुर्वका पर्यटन व्यवशायीहरुले ‘भर्जिन इस्ट’ भन्ने नारा बेचेर पनि विदेशी पर्यटकहरु तान्न सकिरहेका छैनन । नेपाली पर्यटन क्षेत्रका भारतिय पछिका सबैभन्दा ठुलो हिस्सा बनेका चीनिया पर्यटकहरु पनि हामीेले धरानमा झार्न सकेका छैनौँ । धरानमा एयरपोर्ट नहुनु र काठमाण्डौ हुँदै विराटनगर भएर धरान आँउने रकमले त काठमाण्डौ–पोखरा– चितवनको ‘गोल्डेन ट्रेङगल’ नै भ्रमण गरिने हुँदा धराने पर्यटन पछि परेको हो ।

पुर्व आँउन लाग्ने यातायात र अन्य खर्चले पश्चिम नेपालकै थुप्रै पर्यटकिय आनन्द लिन पाँइने भएकोले त्यसो भएको हो । त्रिभुवन अन्तराट्रिय विमानस्थल बाटधरानसँग सिधा हवाइ सम्पर्क नभएकोले पनि त्यस्तो समस्या भएको हो । पोखरा र चितवन राजधानी बाट नजिक मात्रै छैनन त्यी शहरमा एयरपोर्ट सुविधा भएकोले साहासिक पर्यटकहरु त्यी क्षेत्रहरुमा यात्रा गर्छन ।

धराने साहसिक पर्यटन कमजोर हुनुका पछाडि हुनुपर्ने जत्ति यहाँको विज्ञापन नभएर र सूचनाको सहज विश्वव्यापी पहुँच नभएर पनि हो । हैन भने विश्वका उत्कृष्ठ र्याफ्टिङ नदिहरु तमोर, अरुण र सुनकोशीमा र्याफ्टिङ सेवा दिने धरानका सेवा प्रदायकहरु किन विदेशी पर्यटकले भरिभराउ छैनन ।

बेलायती राजकुमार चाल्सले पाइला राखेको र पुर्वको सुुन्दर हिल स्टेसन भेडेटार बाट हुने धरानको चित्ताकर्षक प्याराग्याइडिङ व्यवशाय किन जम्नुपर्नेजत्ति जमेन?दक्षिण एसियाको चरा भण्डार भनिने र नेपालको सबैभन्दा ठुलो नदि किनारको कोशी टप्पुमा गरिने जंगल सफारी किन चलेन?मकालु जस्तो विश्वको पाँचौ सर्वोच्च शिखरको काखमा बसेर पनि किन धरानले हिमालयन ट्रेकिङ रुटहरु विदेशीहरुलाइ धमाधम बेच्न सकेन?पुर्वका सुन्दर हिमाल,पहाड र तराइको प्याकेज दृष्यावलोकनका खुराकहरु समेटिएका माइउन्टेन बाइकिङको व्यापार विदेशीहरुलाइ किन धरानले बेच्न सकिरहेको छैन ? धराने पर्यटन ‘क्रान्ति’कालागी किमाथांका नाका भर्खर भर्खर निजी क्षेत्रको पहलमा बामे मात्रै सर्दै गएको धराने साहसिक पर्यटनमा क्रान्ति गर्नलाइ हामीले विश्वको सबैभन्दा ठुलो पर्यटकिय बजार चिनका नागरिकहरु तान्नैपर्छ । आज सयौँ माइल टाढा भएका युरोप र अमेरिकाले पनि भारतिय र चिनियाँहरु खोजिरहेको बेलामा हामिले कुम जोडेर बसेका दुइ छिमेकि देशका पर्यटकहरु तान्नुपर्ने जत्ति तान्न असफल छौँ ।

धरानको सवालमा त यो झनै लागु हुन्छ । सिमावर्ती भारतयि राज्य विहार र पश्चिम वंगालका पर्यटकहरु तान्न सकिएपनि धारनले चिनिया पर्यटकहरु तान्न सकेको छैन । काम विशेषले धरान आएका चिनियाहरु बाहेक धरानको साहसिक पर्यटनमा चिनियाहरुको लगभग सुन्य उपस्थिती रहेको छ । सन २०१६ मा नेपालमा ७ लाख २९ हजार ५ सय ५० विदेशी पर्यटकहरु आएको अध्यगमन विभागको तथ्यांका छ । जसको ठुलो हिस्सा अर्थात १ लाख ४ हजार ५ जना चिनिया पर्यटकहरु नेपालको भ्रमणमा आए । हवाइ मार्गबाट नेपाल आएका लाख बढि चिनिया पर्यटकहरुमा पुर्वले एउटा सानो हिस्सा पनि तान्न सकेन ।अझ भनौँ चिनिया पर्यटकहरुको पुर्व आगमन लगभन नगन्य भयो ।

धरानका साहसिक पर्यटनहरु संचालकलाइ सोध्ने हो भने कुनै पनि ग्राहकहरु चिनिया नभएको तथ्य आँउछ । यसरि चिनियाहरुले अत्याधिक मनपराउने प्याराग्याइडिङ र र्याफ्टिङ सेवा भएर पनि धरानले चिनिया पर्यटकहरु नपाँउनु दुभाग्य नै हो । दुर्भाग्य यो मानेमा कि धरान बाट मात्रै २९८ किलोमिटरको दुरी पार गर्दा आँउने चिनिया भुमिबाट धरानले पर्यटक पाएन । धरान बाट खाँद बारिको दुरी १३६ किलोमिटर हो । र खाँदबारिबाट किमाथांकाको दुरी १६२ किलोमिटर हो ।

अनि किमाथांका पारि रहेको देश चिन हो जो विश्व पर्यटन बजारमा सबैभन्दा धेरै पर्यटकहरु पठाँउने देश पनि हो । तर, त्यहि भुमिबाट हामीले पर्यटक पाउन सकिरहेका छैनौँ ।

सरकारले प्राथामिकतामा राखेर निर्माण गरेको विराटनगर–किमाथांका उत्तरदक्षिण छिटो सम्पन्न गरेको खण्डमा भने धराने साहसिक पर्यटनमा क्रान्ति हुनेछ । स्वभाविक विकासक्रमलाइ ‘इभोलुसन’ भनिन्छ ।

तर अस्वभाविक विकासलाइ ‘रिभोलुसन’ अर्थात क्रान्ति भनिन्छ । हो किमाथांका बाट पक्कि र स्थरिय सडक बनेको खण्डमा धराने साहसिक पर्यटनले व्यापक फड्को मार्नेछ ।

फड्को किनपनि मार्नेछ भने हाल चिनबाट काठमाण्डौ अनि काठमाण्डौ बाट विराटनगर हुँदै धरान आँउनले हवाइ मार्गको शुल्कले त चिनियाहरुले धरानका सबै साहसिक पर्यटनका सुविधाहरु लिने मात्रै हैन पुरा पुर्वको प्याकेज भ्रमण समेत गर्न सक्छन ।

यसले पुर्वका होटल, यातायात, मनोरन्जन र दैनिक उपभोग्य सामाग्रीको व्यापारमा व्यापक वृद्धि गर्ने छ । किमाथांका नाका अन्य उत्तरी नाका भन्दा होचो स्थानमा रहेको र बाह्रमास संचालन गर्न सकिने भएकोले पनि त्यो नाका खुल्दाको प्रत्यक्ष लाभ पुर्वको धरान केन्द्रित साहसिक पर्यटनले लिने छ ।

२ हजार २ सय ४८ मिटरको उचाहिमा रहेको किमाथांका नामाका हिँउदो समयमा पनि राम्रोसँग सिमापार आवतजावत गर्न सकिने भएको त्यो नाकाको अर्थ धेरै छ । चिनको सिगात्सेमा रेल सेवा छ जुन किमाथांका पारिको चिनिया बजार बाट धेरै टाढा पर्र्दैन ।

हालसालै चिनको मानसरोवर र कैलाश पर्वत भ्रमणमा गएर आएका पुर्व प्रधानमन्त्रि तथा एमाले अध्यक्ष केपी ओलीसँग चिनिया अधिकारीहरुले सिगात्से बाट किमाथांक सम्मको बाटे दुइ बर्षमै पिच हुने बताएका खबर पनि आएको थियो । यसरी सिगात्से सम्म चिनका विभिन्न सहर बाट रेलमा आएका पर्यटन त्यहाँबाट सडकमार्ग हुँदै किमाथांका अनि धरान आँउन सक्ने संभावना छ । चिनीया पर्यटक तान्ने जनस्थरको तयारी र खबरदारी चिनिया पर्यटक तान्न धरानले पाएको अधिकतम पर्यटकिय विकल्पको व्यवशायिकरणको लागी सबैभन्दा पहिला किमाथांका नाका पुग्ने सडको अपुरो काम पुरा हुनुपर्छ । पर्यटकिय कोण मात्रै हैन भारतिय नाकाबन्धिको पाठले पनि हामी र हाम्रो सरकारलाइ उक्त नाका खोल्न आवस्यकता नै छ । राष्ट्रिय प्राथामिकतामा परेको किमाथांका नाका खोल्ने काम तिव्रता दिन सारा पुर्वीलि र धरानेहरु लाग्नुपर्छ ।

हाम्रा क्षेत्रका सांसद, मन्त्रि, व्यापारिक नेताहरु देखी पुर्व आएका राज्यका सबै शक्ति केन्द्रहरुलाइ तुरन्त किमाथांका नाका संचालनमा दबाब दिनैपर्छ । नाका संचालनको दबाब सँगै धराने साहसिक पर्यटन व्यवशायीहरुले आफ्ना पर्यटकिय खुराकहरु अंग्रेजी र चिनिया भाषामा विभिन्न जानकारिमुलक अनलाइन बनाएर राख्न सक्छन ।

भोटेकोशीको द लास्ट रिसोर्टका मालिक चिनिया होइनन तर बन्जि जम्प र क्यानोनिङ अनि र्याफ्टिङ समेत गराँउने त्यो रिसोर्टको आधिकारिक वेव साइट अंग्रजी र चिनिया भाषामा छ ।

अंग्रेजीमा पुरा विश्व र चिनिया भाषाले संसारको सबैभन्दा ठुलो पर्यटकिय श्रोतमा सहजै पुग्न सकिन्छ । सदावहार सूचनाहरु, आकर्षक तस्बिरहरु र अन्य खुराकहरु समेटेको वेवसाइट अंग्रेजी र चिचिया भाषामा बनाएको खण्डमा अनलाइनमा पनि धराने साहसिक पर्यटनको राम्रो उपस्थिती हुन्छ ।

एक पटक बनाएपछि बेलाबेलाको अपडेट र सकेमा अनलाइन बुकिङ सुविधा पनि भएको खण्डमा धराने साहसिक पर्यटनको राम्रो बजारिकरण हुन्छ । किमाथांका नभएर हवाइ मार्गमाट राजधानी हुँदै आँउनेहरुलाइ पनि यो तरिकाले काम लाग्छ ।

धराने साहसिक पर्यटन व्यवशायीहरुले भएको सुुविधाको मार्केटिङ विभिन्न अनलाइमा गरेजस्तै धरानका युवाहरुले पनि चिनिया भाषा सिकेर धरानलाइ संभावित चिनिया पर्यटन हब बनाउने कुरामा सहयोग गर्न सक्छन । धरानको डिपोट माविमा केहि बर्ष अगाडि चिनिया भाषा सिकेका विद्यार्थीहरुले पनि त्यो भुमिका निभउन सक्छन ।

भोलिका दिनमा चिनिया पर्यटकहरु नेपाल आँउदा उनिहरुलाइ चाहिने भाषिक गाइडको मुख्य भुमिका हुन्छ । त्यसैले खाली युवाहले राजधानिका चिनिया भाषा कक्षाहरु लिएर त्यो क्षमता विकास गर्न सक्छन ।

चिन विश्वको देश्रो ठुलो अर्थतन्त्र बाट पहिलो बन्ने क्रममा चिनिया भाषा अब धेरै कुरामा काम लाग्ने भएकोले पनि यो भाषा सिक्दा घाटा हुँदैन । होटल व्यवशायीहरुले पनि चिनिया परिकार र शिष्टाचारको सामान्य कुराहरुको जानकारी राख्न सक्छन । यत्ति भएमा किमाथांका खोलेपछि हामिले ल्याउनु पर्ने चिनिया पर्यटकको बाढिलाइ पुग्दो स्थानिय आधार तयार हुन्छ ।

धरानको साहसिक पर्यटनमा व्यापक बजारिकरण र मुनाफाको लागी पनि किमाथांका नाका महत्वपुर्ण छ । किमाथांका बाटा स्थल मार्गबाटै हजारौँ चिनियाहरु हामीले धरानमा ल्याँउन सक्छौँ ।

हो धरानले किमाथांका पुग्ने सडक स्थरिय भएपछि चिनिया पर्यटकहरु व्यापक तान्न सक्छ । किनभने हामीलाइ विश्वका धेरै खर्च गर्ने चिनिया पर्यटकहरु तान्ने मन छ । र चिनियाहरुलाइ धरानका साहसिक पर्यटकिय खुराकहरु र ‘भर्जिन इस्ट’ नेपाल घुम्ने मन छ । धेरै टाढाको विषय पनि त हैन । किममाथांका बनेपछि धरान बाट चिनको दुरी जम्मा २९८ किलोमिटर त हो ।