हास्यअभिनेत्री दिपाश्री निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ अहिले विवादमा छ। फिल्म ‘देवरबाबु’को ‘बास्ना मिठो कस्तुरीको’ गीतसँग संगीत संयोजन र बिट मिलेको भन्ने आरोप यो गीतलाई लागिरहेको छ। तर विवादका बाबजुद यो गीत अहिले नेपालको युट्युब ट्रेन्डिङको नम्वर एकमा आएको छ।

सोमबार साँझ अपलोड गरिएको गीत किरण कंडेलको संगीत,अलमोडा राना उप्रेतीको म्युजिक एरेन्ज, उत्तम संजेलको शब्द रहेको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर छ।  कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा प्रियंका कार्की, विल्सन विक्रम राई, दिपकराज गिरी र बुद्धि तामाङले नृत्य गरेका छन्।

फिल्म असोज ११ गते फुलपातीका दिनदेखि प्रदर्शनमा आउँदैछ। गत साल प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ पनि विवादमा फसेका थिए तर पनि  सर्वाधिक व्यापार गर्न सफल भएको थियो। हालसम्म युट्युबमा ८ लाख ९१ हजारभन्दा बढी हेरिएको छ।

https://www.youtube.com/watch?v=jVuVAohryts