म मेरो परिवारको एक मात्र सन्तान हूँ । मलाइ पनी कहीले काँही दाजू भाइ नभएकोमा लघुताभास हुन्छ । तर मेरा बुबा आमा म प्रति खुसी देख्छु । छोरी मात्र भएकोमा गर्भ गर्नूभएको महसुुस गर्छु । छोरा प्रतिको मोह त होला । तथापी म प्रति बुबा आमाको सन्तुष्टि देखेर म आनन्दित हुन्छु । मनमनै फुरुङ्ग हुन्छु ।

मलाइ राम्रो संग थाहा छ । छोरा नजन्मीदा धेरै महीलाले सौताको पिडा बेहोर्नुपरेको । समाजबाट बहीस्कृत हुनुपरेको । तर पनी केही बोल्न नसकेर चुपचाप सहेर बसेको धेरै आमाहरुको अनूहार मैले देखेको छु । ति महिलाका आसु संग मेरो राम्रो परिचय छ । मनका बह बिसाउने माइती भित्र पनी छोरा भएको छोरी र छोरा नभएको छोरी लाइ गर्ने व्यवहारमा धेरै भिन्नता महसुस गरेको छु ।

उमेरले दुइ दशक पार गर्दै गर्दा मैले देखेको समाजीक चित्र बिचित्रको लाग्छ । खासै ठुलो कुरा केही छैन । भएको समान्य कुरानै हो । छोरीको जन्म भएको । छोरी जन्मदा छोरी मात्र हैन । छोरी संगै आइमाइ जन्मन्छे । अर्काको घर जाने जात जन्मन्छे । दैवले चरित्र नजान्ने प्राणि जन्मन्छे । कसैको स्वास्नि जन्मन्छे । बच्चा उत्पादन गर्ने मेसीन जन्मन्छे । कसैको हेरचाह गर्ने नोकर जन्मन्छे । तर सन्तान जन्मदैन भन्ने धारणाले जरो गडी रहेको छ ।

एउटी छोरी जन्मदा छोरी संगै प्रेम, करुणा, संवेदनशिलता, साहस, नारीपन, शक्ति, लगनशिलता, बिश्वास पनि जन्मिएको हुन्छ भन्ने हेक्का राख्नुपर्छ । छोरा मात्र भएको घर र छोरी पनि भएको घर बिचमा कती फरक छ भनेर सबैतिर दाजे हुन्छ । एउटी छोरीको साथमा आएको खुसी ले त्यो घरको मुहारमा कती उज्यालो दिन्छ भन्ने कुरा छोरी नभएको घरलाइ थाहा छ । हिन्दु धर्ममा महीलाको सम्मान उचो छ । तर त्यसको प्रयोग हेर्दा मनमनै लाजमर्दाे लाग्छ । भगवतीको रुपमा पुजीत हुने महिलालार्इ गरिने व्यवहार दानवको जस्तो छ । के साच्चै महिला देवी नै हुन ? यदी हन् भने किन महिलामाथी दानवी चरीत्र देखाएको ?

महाभारतमा दौपदी र रामायणमा सिताको भुमीकालार्इ हेँरौ न !! दौपदीले पाण्डव लाइ कसरी आछुआछु बनाएकी छिन् । कौरव कति डराएका छन् दौपदी संग । उनले युधिष्ठरलार्इ जुवामा हारेको बेला सातो लिइन् । कुनै भाइले पनी उनको कुरा लाइ काट्न सकेनन् । माहाभारतमा उनको भुमीकालार्इ एक सशक्त र क्रातिकारी कदम मानीन्छ । उता सिता पनी कम शक्तिशाली हैनन् । एकान्त जंगलमा दुइ छोरा हुर्काउनु । शिक्षा दिक्षाको व्यवस्था गर्नु । रावणको आक्रमण बाट बच्नु कम चुनौतिपुर्ण थिएन । तरपनि उनमा साहसी नारी चरीत्र देखीयो । तर रामले सिता प्रति गरेको अविश्वासले खास पुरुष मानसीकताको प्रतिनिधित्व गरेकोछ ।

अहिले पनी हजारौ दौपदी र हजारौ सिताहरु समाजमा छन् । उनीहरु व्यक्तिसँग हैन, प्रवृतीसंग लडीरहेका छन् । कुनै एक पुरुषसंगको लडाइ हैन । यो पुरुषबादी सोचसंगको प्रतिश्प्रधा हो । समाज भित्र गहीरो जरा गाडेर बसेको पितृ सत्तात्मक सोचले महिला भनेको सम्पती हो भन्न सम्म भ्याइसकेको छ । जसको कुनै थर र ठेगाना छैन भन्ने सम्मका तर्कहरु हुन्छन् ।

योबेला मलाइ तसलिमा नसरीनको आइमाइको कुनै देश छैन भन्ने पुस्तकको याद आयो । जहाँ नसरीनले पुरुषको दिमागमा महिलाको गुप्तांग मात्र हुने कुरा लेखेकी छिन् । महिला भनेको पुरुषले प्रयोग गर्ने निजि सम्पती हो । जहाँ जतीबेला पनी प्रयोग हुन सक्छ । एउटा पुरुषले हजारौ महीलाको शरीर चाख्न मिल्ने जसलाइ पुरुषार्था मानीयो । तर एक महिलले आफ्नो आवश्यकता पुरा गर्न कसैको साथ लियो भने चरित्रहीनको दर्जा भिराइन्छ । नसरीन यतिमात्र भन्दिनन् । पुरुष आफ्नो लिङ्गको भरमा संसार चलाउन खोज्छन् । दिमाग महिलाको पनि हुन्छ भन्ने हेक्का सम्म छैन तिनिहरुलाइ ।

नसरीनले भनेको आइमाइ लाइ समाजसंग तुलना गरेर हेर्दा महिला माथीको शासन चलाउन जन्मिएको जाती लाइ पुरुष भनिन्छ । जो आफ्नो जैविक संरचनामा घमण्ड गरिरहेको हुन्छ । हरेक चिया पसल र सार्वजनीक स्थानमा धेरै पुरुषका गोप्य कुरा सुनिन्छ । जहाँ तसलीमा नसरीनले भनेको कुरामा सत्यता पाइन्छ ।

अझैपनि धेरै महीलासंग संबन्ध राख्नेलार्इ बलवान र साहसी मानिन्छ । तर एक केटी आफुले मनपराएको केटा संग प्रेम गर्न खोज्दा चरीत्र संग जोडीन्छ । यो चरीत्र पनि बिभेदकारी छ । पुरुषको चरीत्र चाँही के मा निर्भर गर्छ भन्ने कुरा महत्वपुर्ण भयो । नत्र किन महिलाको मात्र चरीत्रको तुलना गरीदैछ । पुरुषले गरेको समान कार्यलाइ शक्ति मान्ने अनी महिलाले गरे पातकी कसरी हुन्छ ?

पछील्लो समय बढ्दै गइरहेका प्रेम बिवाहको प्रकृती हेर्छु । मलाइ आश्चर्य लागेर आउछ । परीवारले मनपराएको संग प्रेम गुर्नपर्ने बाध्यता छ । आफुले छानेको पे्रमीसंग बिबाहनै गर्न नपाउने अवस्था जिउदैछ । छोरी भनेर जन्माएपछी उसलाइ खान लगाउन पढ्न मात्र दिनु लाइ सम्पुर्णता मानिन्छ । तर त्यो मात्र सबै कुरा हैन । उसले चाहेको बिषय पढ्न पायो पाएन ? लगायत जिवनका महत्वपुर्ण निर्णयहरु उसैको इच्छा अनुसार भयो की भएन ? भन्ने कुरा व्यक्तिगत जिवनसंग जोडीएका बिषय हुन् । जहाँ छोराको सम्पुर्ण रुपमा हक हुन्छ । तर छोरीको हक हराएको छ । जन्मेदेखीनै दाइ, बुबाको निगरानी । किशोर र युवावस्थामा प्रेमी पनी थपिन्छ । पछी श्रीमान् र छोरा समेत थपिएपछी एक खुल्ला जेलको जिबन जिउने हो भने नसरीनले भनेझै आइमाइको कुनै देशनै छैन ।

तर अबको युग भनेको महीलाको युग हो । सत्यको बिजय हुने पुरानो कथनलार्इ आधार मान्ने हो भने । महिलाले सत्य हुने आट गर्न सक्नुपर्छ । देउताले नसकेर महाकाली देवी पुकारेको इतिहार हाम्रो ग्रन्थमा पाइन्छ । त्यसैले पछील्ला दानवी प्रबृतीको अन्त्य पनी देवी अर्थात महीला बाटनै हुने स्वभावीक छ ।

म जुन परिवार बाट हुर्कदै छु । त्यसमा त म खुसी छु । तर भोलीको मेरो परीवारको बिषयमा निर्णय गर्ने जिम्मा म संग हुनुपर्छ । म मेरो देश अर्थात स्वतन्त्रतासंग जिउन चाहान्छु । दौपदी र सिता मात्र हैन । नाजीया हसन, बिन्दा ठाकुर, शिवा हासमी पनि क्रान्तिकारी बन्दैछन् । जुन आवश्यक छ । निरन्तरता हैन क्रमभंगताको पहिलो चरणमा बिरोधी आवजहरु धेरै हुन्छन् । जुन सफल हुने प्रमुख सुत्र बन्नुपर्छ ।

कसैले कसैलाइ नियन्त्रण गर्न खोज्नु जिवन बेअर्थी बनाउनु हो । त्यसैले जिवन अर्थपुर्ण बनाउन पनी नियन्त्रण तोडीनु पर्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा सुभचिन्तक वा प्रेमी भएर महिला भएकै हिसाबमा सुझाव दिने र त्यसलाइ कुनै हालतमा पुरा गर्नुपर्ने भन्ने हठ पुरुषबाद संग गासीएको छ ।

एक छोरी जन्मदा नाक खुम्च्याउनेहरु र छोराको भाकल गर्न देवीकै मन्दिर धाउनेहरुलाइ देवी पनि नारी हो भन्ने हेक्का हुन जरुरी छ । अब कुनै छोराले बाबु आमा पालेर बस्दैन । बरु अब छोरीको जमाना हो । छोरी भनेको सन्तान हो । सन्तान भबिश्य हो । भबिश्यको पनी देश हुन्छ भन्ने बुझ्न सक्नुपर्छ । म पनी भबिश्य हुँ । मेरोपनी देश हुनुपर्छ । दैपदी सिता र महाकालीको नयाँ अवतार अबको अवश्यकताहो ।