काठमाडौं/ सिनेमा ‘छक्का पञ्जा २’ को ट्रेलर यतिबेला चर्चामा छ । ‘नाईलनको साडीमा’ र ‘झ्याम्म झ्याम्म’ दुवै गीतलाई चोरीको आरोप लागेको थियो । यहिबीच सिनेमाको तेस्रो गीत भने निर्देशक दीपाश्री निरौला, कलाकारहरु केदार घिमिरे र जितु नेपाल आफैले गाएका छन् । तेस्रो भनिएको गीत सिनेमाको प्रमोशनल गीत हो । यसलाई सिनेमाको प्रचारप्रसारमा लागि मात्रै बजाइनेछ । टंक बुढाथोकीको संगीत र लोकराज अधिकारीको शब्द रहेको ‘सररर हुई’ बोलको गीतमा ‘छक्का पञ्जा २’ दशैँमा प्रदर्शन हुने कुरालाई प्राथमिकता दिइएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा २’ दसैँको अवसर पारेर फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदैछ । यस सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तीमा खड्कालगायतको मुख्य भूमिका छ ।

https://youtu.be/RHADPcE3zXE