धरान/अज्ञात समूहले कपाल काटेर हिड्ने गरेको घटना अन्यत्र सेलाउन नपाउँदै धरानमा पनि बिहीबार राति यस्तै घटना घटेको छ । [caption id="attachment_54568" align="alignnone" width="650"] फाइल तस्बिर[/caption] धरान ३ बाबाधाम मार्गकी २५ वर्षीया शान्ति जोगीको कपाल काटिएको वडा प्रहरी कार्यालय धरानले जनाएकाे छ । यो घटनालाई सबत्र अचम्मको रुपमा लिइएको छ । र, घटनामा संलग्नहरु हालसम्म पनि पक्राउ हुन सकेका छैनन् । यस्ता घटनालाई दैवीशक्तिको खेलको रुपमा स्थानीयबासीहरुले बुझ्न थालेका छन् । तर, एक स्थानीयका अनुसार बिहीबार दिउसो ३ जना जोगीहरु माग्नको लागि आएको र उनीहरुलाई दान नदिई नै पठाएको थिए । ती जोगीहरुले नै यो घटना घटाएको हो होइन भन्ने बारेमा अझै अज्ञात छ । प्रहरीले कपाल काट्ने समूहको खोजी गरिरहेको छ । ती महिलाले बिहीबार करिव साढे ७ बजे राति भान्सा कोठाको ढोका लगाउने क्रममा कपाल खसेपछि आत्तिएर परिवार तथा छिमेकमा खबर गरेकी थिइन् । महिलाको कपाल काटिएको प्रहरीले पुष्टी गरेको छ । ‘कपाल काटिएको भन्ने सुन्नमा आयो । के रहेछ भनेर यथार्थमा बुझ्दा हल्का काटिएको पाइयो ।’ वडा प्रहरी कार्यालयले प्रमुख सइ दीपनारायण यादवले भने ।