धरान/धरान–९ कुखुरालाइनकी एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । उनको गर्धनमा चोट लागेको छ । सोही ठाउँका कृष्णबहादुर तामाङले सामान्य विवादका क्रममा कुखुरा काट्न प्रयोग गरिने बम्फक प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । घाइते बनेकी कार्कीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको डिएसपी पौडेलले बताए । प्रहार गर्ने तामाङलाई पक्राउ गरिएको छ ।