धरान/नेपाली चलचित्र ‘जोनी जेन्टलमेन’ को प्रमोसनका लागि निर्माण युनिट धरान आइपुगेको छ । भदौं ३० गतेदेखि देशभरका ८० हलमा प्रदर्शन हुन लागेको फिल्मको प्रमोसन गर्न युनिट धरान आइपुगेको हो । निर्माता एन्ड्रयु पौडेलका अनुसार फिल्ममा समाजमा बिग्रेको युवालाई स्थापित गराउन प्रेमिकाले खेलेको भूमिकाको विषयमा रहेको छ । जसमा पल साह र आँचल शर्मालाई फिचरिङ गरिएको छ । फिल्ममा पल र आँचलका अलवा विकास जोशी, जैना कुवँर, सन्तोष सिलवाललगायतका कलाकारहरु छन् । नितीन चन्दको निर्देशनमा बनेको फिल्म भारतको गोवा, सिलाङ, गोहाटी र काठमाडौंमा छायांकन गरिएको छ ।