धरानको पर्यटनमा मौलिक र मौद्धिक सवाल

विराट अनुपम

जब जब म धरानको घण्टाघर परिसरमा जान्छु मलाइ बेग्लै आनन्द आँउछ । राजधानि काठमाण्डौको घण्टाघर भन्दा धेरै आकर्षक अनि समय सूचक मात्रै हैन सिटी भ्यू टावरको पनि काम एकै पटक गर्ने धरानको घण्टाघर धरानको मानक नै बनेको छ । र त आजभोली धरानलाइ विम्वात्मक बुझाँउदा त्यही घण्टाघरको प्रयोग हुन्छ ।

धरान आएका पाहुनाहरुलाइ दिने उपहार होस या धरान चिनाउने जानकारीमुलक प्रचार समाग्री होस, सबैमा घण्टाघरले राम्रो स्थान पाएको छ । र, यो पाउँन धरानले गर्व गर्नुपर्ने घण्टाघर लायक पनि छ ।

कुनै बेलाको तहसनहस भानुचौक क्षेत्र पुर्व धराने विकासप्रेमि मेयर मनोज मेन्यांङबोको पहलले बनेको घण्टाघरको कारण शहरी पर्यटनको एउटा सुन्दर र धेरै पपुलर विन्दु बन्न पुगेको छ ।

धरानमै बस्ने धरानेहरु, धरान बाहिरबाट धरान घुम्न जाँने पर्यटकहरु सबैलाइ घण्टाघर आकर्षक लाग्छ । आकर्षक किनपनि लाग्छ भने यस्तो घण्टाघर नेपालका अन्य ठाँउहरुमा छँदै छैनन । अकर्षक किनपनि लाग्छ भने यो घण्टाघर राजधानीको घण्टाघर भन्दा भिन्न छ ।
धराने पर्यटनमा मौलिकिकरण
हामी सबै नेपालीहरुले त धरानको घण्टाघर खुब मन पराँउछौँ । तर, के हंगकंग घर भएको कुनै रैथाने विदेशी पर्यटकले यो घण्टाघरलाइ विशेष मान्ला? के हंगकंगको घण्टाघर डुलेको कुनै भारतिय, तेश्रो देश अथवा नेपालकै घुमन्तेले पनि यो टावरलाइ त्यत्ति राम्रो भन्ला जत्ति त्यी टावर नदेखेका नेपालीहरुले भन्छन? भन्दैनन किनभने यो मौलिक टावर होइन ।

भारतिय सिनेमाको कपि गरेका सिनेमा वा संगित, विदेशी लेखकको शैलि हुबहु सारेको नेपाली साहित्य झुर लागे जस्तै हामीलाइ अन्त बनाइएका कुराहरुको खासै महत्व लाग्दैन ।

विकल्पै नहुँदा यस्ता हुबहु सारिएका कुराहरु मन पराउनु एउटा कुरा तर मान्छेले खोज्ने भनेकै मौलिक कुरा हो । मान्छेले खोज्ने भनेकै भिन्न कुरा हो । अझ पर्यटकिय सवालमा त मौलिकता र स्थानियताको महत्व नै अझ बढेर आँउछ ।

अहिले जसरी हंगकंगको टावरको हुबहु रंग र डिजाइनमा बनेको धरानको घण्टाघर हामीलाइ त्यत्ति आकर्षक लागेन यो टावर यहिको मौलिकतासँग जोडिएको भए कत्ति रमाइलो हुन्थ्यो ।

मानिलिउ धरानको घण्टाघर हंककंगको नक्कल जस्तो नभएर नेपाली गन्धर्बहरुले बजाउने सारगिं आकारको हुन्थ्यो त कत्ति मौलिक र आकर्षक हुन्थ्यो? घण्टाघर बन्न चाहिने आकार, भ्यू टावर जस्तो संरचना र नेपाली मौलिकता झल्कने सारांगिको आकारमा त्यो घण्टाघर बनेको भए विश्वकै अर्को मौलिक घण्टाघर बन्थ्यो ।

नेपाली स्थानियता समेटिएको घण्टाघर बन्थ्यो । उहि बजेट, उहि उचाहि र उहि मेहेनतमा हामीले विश्वमा हल्लाखल्ला गर्न लायक मौलिक घण्टाघर धराने मुटुबाट प्रस्तुत गर्न सक्थ्यौ । अझ सारांगि नभएर पुर्वका किराँती वा अन्य आदिवासी समुदायले प्रयोग गर्ने औजार वा सामाग्री आकारमा पनि हामीले धरानको घण्टाघरलाइ प्रस्तुत गर्न सक्थ्यौ होला ।

बनेको घण्टाघर मात्रै हैन अब विवादमा भएर पनि बन्ने चर्चा भएको बिग बुद्ध पनि मौलिक धराने परियोजना होइन । एक त यो नाम ‘बिग बुद्ध’ नै हंगकंगको बिग बुद्धबाटै साभार गरिए जस्तै हुन्छ । अर्को कुरा धरानको मौलिकता चिनाउन बुद्ध नै हाइलाइट गर्नुपर्छ भन्ने छैन ।
नेपालमा जन्मिएका भगवान बुद्धको अपमान गरिएको होइन तर धरानमा बुद्धको विशाल मुक्ति बन्दैमा धरानले पर्यटनमा तेश्रो मुलुकका पर्यटकिय आकर्षण गर्ने माध्यम हुँदैन ।

किन हुँदैन भने एउटा भुटानीले धरानको बिग बुद्ध हेर्ने खर्च भन्दा सिधै गौतम बुद्ध जन्मेको लुम्बुनिमा गएर खर्च गर्छ नि । दमकमा पनि बन्दै गरेको ठुलो बुद्ध मुर्ति भन्दा भेडेटारको धरान तिरको स्लोपमा बन्ने भनिएको बिग बुद्ध कुन कोणमा मौलिक र स्थानियता झल्काउने खुकारमा पर्छ ?

बरु विश्भर र नेपालभर बन्दै आएका बुद्ध मुर्ति भन्दा बुढाशुब्बाको मुर्ति बनाएर ‘बिग बुढाशुब्बा’ बनाए कसो होला? आजसम्म बुद्ध, शिव, विष्णु, हनुमान जस्तो मुर्तिमा नअटाएका बुढाशुब्बा बनाएर मैलिकता दिए कस्तो होला? धरानको बुढाशुब्बा मन्दिरमा किराँती मात्रै हैन वैदिक सतातन धर्मि, बैद्धधर्मि लगायतका सबै आस्थाका मान्छेहरु जान्छन ।

एक कोणबाट भिन्नभिन्न धार्मिक आस्थाका मान्छेहरु पनि पटकपटक जाने बुढाशुब्बा ‘सर्वसम्मत’ भगवान पनि हुन । अनि बुढाशुब्बाको इतिहासको अवसेस पनि धरान वरिपरि नै जिवन्त छ । त्यसैले बिग बुद्ध भन्दा बिग बुढाशुब्बाले चै धरानको पर्यटकिय आगमनमा मौलिकता र स्थानियता झल्काउने कुरा हुनसक्छ ।

हो धरानको आकर्षक घण्टाघर र बन्ने भनिएको बिग बुद्ध हंगकंगमा बस्ने धराने र धरान प्रेमिको आर्थिक साझोदारिका प्रोजेक्टहरु हुन । तर, के त्यहि बजेट र त्यहि खर्चमा धराने वा पूर्विय मौलिकता झल्काउने पर्यटकिय पोजेक्टहरु दिन हामी सक्दैनौँ ? सक्छौ ।

त्यस्तो मौलिक र स्थानियता बोक्ने परियोजना बनाउ कि हंगकंगबाट धरान घुम्न आएको हंगकंगको रैथानेले यो त हंककंगकै जस्तो घण्टाघर र हंगकंगकै जस्तो बिग बुद्ध त हरेछ नि नभनोस । बरु भनोस ‘अहो यो त कस्तो अनौठो घण्टाघर, कस्तो कतै नदेखिएको मैलिक मुर्ति ।’

आज जसरी हिलेको तंवा, भेडेटारको शंख, लसुनेको लसुन अनि भेडेटारमा अब बन्दै गरेको भेडा जुधेको मर्तिले स्थानियता झल्काउने काम गरेका छन । त्यस्तै कामहरु धरानको पर्यटनले गर्नैपर्छ । भारत–चीन जोड्ने किमाथांका– विराटनगर सडक बनिरहेको अवस्था र अब बन्ने भारतसँग सम्झौता भएको मेचि पुल हुँदै नेपालले एसियन हाइवे पुग्ने पहुँचमार्ग पाउने भविष्य हरेर विदेशी तान्नपनि धरानले आफ्नो मैलिकता झल्काउने पर्यटकिय खुराकहरु प्रस्तुत गर्नुपर्छ ।

धरान बाट स्थल मार्गबाट डेढ घण्टामा भारत, चार घण्टा आसपासमा बंगलादेश र ६ घण्टा वरिपरिमा भुटान पुग्न सकिने भुअवस्थितीको आधारमा पनि संभावित बहुराष्ट्रिय पर्यटकिय आकर्षणको केन्द्र बन्न पनि धरानको पर्यटनमा मौलिकिकरणको टड्कारो आवस्यकता छ । जसको लागी स्थानिय सरकार, पर्यटनकर्मि, उद्यमी र स्थानियहरुले आफ्नो ठाँउ बाट सक्दो पहलकदमी चाल्नैपर्छ ।
मौद्रिकिकरणको सवाल
पर्यटनका कुरामा मौलिकता पछिको महत्वपुर्ण पक्ष भनेकै मुद्राको हो । अर्थात मौलिक पर्यटकिय गन्तव्यहरु भएर पनि त्यसलाइ वृहत्त आम्दानीको बाटोमा लान सकिएन भने राम्रो मानिदैन ।

हो मौलिक र आकर्षक पर्यटकिय गन्वव्यहरु आँउदा यातायात, होटल तथा मनोरन्जन अनि दैनिक उपभोग्य सामाग्रीको कारोबार बढेर जान्छ । तर, यत्तिले मात्रै पुग्दैन जत्तिसक्दो धरै पर्यटकिय खर्च गराँउनु पर्छ ।

आज कुन देशमा कति पर्यटक आए भन्दा पनि कुन देशमा कत्ति धेरै पर्यटकले खर्च गर्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । दक्षिण एसियामा पर्यटकले कम खर्च गर्ने मुलुकको सूचिमा नेपाल पनि पर्छ भने धेरै खर्च गराँउनेमा माल्दिप्स पर्छ । अर्थात अब पर्यटक आएर मात्रै भएर पर्यटकबाट बढिभन्दा बढि खर्च गराँउनु पर्छ ।

धरानमा बार्सिक सयौँ धार्मिक पर्यटकहरु श्रावण महिनामा मात्रै पिण्डेश्वरमा जल चढाँउन आँउछन । तर, चल बोकेर आँउने पनि सौच गरेर जाने बाहेक अरु कुनै खर्च बोलबम पर्यटकबाट भएको पाइदैन ।

कसरी त्यो जमातलाइ बढिभन्दा बढि खर्च गराँउने हो धरानले सोच्नुपर्छ । बोलबम आँउदा चाहिने पोसाक, ब्रत सामाग्री र अन्य विभिन्न धार्मिक समारोहहरुमा शसुल्क समावेश गराएर वा कसरी हन्छ खर्चको बतावरण गनुपर्छ । पिण्डेश्वर बाहेक धरानको विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका इन्ट्रान्स परिक्षा दिन मात्रै हजारौँ मान्छेहरु आउछन ।

धरानकै पिण्डेश्वर विद्यापिठ, पुर्वान्चल इन्जिनियरिङ क्याम्पस, केन्द्रिय प्रविधि क्याम्पस लागयताका क्याम्पसका पनि इन्ट्रान्स दिनेहरु पनि सयौँ हुन्छन । तर, हामीले त्यत्रो धरान आगमनलाइ पर्यटकिय कमाइसँग व्यापक रुपमा बढाँउन सकिरहेका छैनौँ । आज राम्रो भिडियोले धेरै भ्यूज पाएमा युट्युवमा पनि पैशा आँउछ ।

मनिटाइज गरेर युट्युवमा पनि पैशा आइरहँदा आज धरानका पर्यटकिय धरोहरुहरुको हुनुपर्ने जत्ति मनिटाइज भएको छैन । जस्तैः बुढाशुब्बामा आउने पर्यटकहरुले यातायात, होटल र खाजा नास्ता बाहेक अन्त कतै खचै गर्दैन । शिवको धाम जाँदा शिवका सिडी, भिडियो, भजन–आरति, पोस्ट कार्ड ,पुस्तकहरु लगायता सामाग्रीहरु बेच्न राखिएको हुन्छ ।

तर, बुढासुब्बामा बुढाशुब्बाको स्केच किन्न खोज्दा पनि पाँउने वातावरण छैन । बुढाशुब्बाको पनि भजन सुन्न सिडी किनेरै लैजाउ न त भन्दा पाइदैन । बुढाशुब्बाको डमि होस र त्यसको छेउमा उभिएर ४० रुपैया तिरेर सेल्फि खिचौ न त भन्दा पनि पाँइदैन । बुढाशुब्बाको इतिहाँस हेरौ न त पुस्तकै किनेर भएपनि भन्दा पनि संभव छैन ।

अझ बुढाशुब्बाको अनुहार भएको तस्बिर भएको लकेट र टि सर्ट अथवा ह्याट किनौ न त भन्दा पनि पाँउदैन । शनिवार भिडलाग्ने बुढाशुब्बा परिसरमै बुढाशुब्बाको उत्पत्ति बारेमा मन्चन हुने नाटक र साप्ताहिक भजन वा कुनै बुढासुब्बा बारेको किर्तन अथवा आरति धरानै रात विताएर हेरौ न त भन्दा पनि छैन ।

अर्थात बुढाशुब्बाको व्यापक मौद्रिकिकरणका विकल्पहरुमा कत्तिपनि विकल्पहरु प्रयोगमा ल्याइएको छैन । कुरा बुढाशुब्बा जस्ता धार्मिक धरोहरहरुको मात्रै हैन धरानका र्याफ्टिङ, प्याराग्याइडिङ, जंगल सफारी, माउन्टन बाइकिङ जस्ता साहसिक पर्यटन, शैक्षिक पर्यटन, सेमिनार पर्यटन र अन्य विभिन्न पर्यटकिय आधारहरुमा पनि धेरै कोणबाट मौद्रिकिकरण भएको छैन ।

यदि धरानका सबै पर्यटकिय खुराकहरुको मौद्रिकिकरण हुँदोहो त धरानको पर्यटकिय कमाइ सय गुण बढेर जान्थ्यो । धरानका होटल थप प्याकाप्याक हुन्थे । धरानका सार्वजनिक सवारी व्यस्त हुन्थे । धरानका पर्यटकि एजेन्सीहरुको कमाइ बढथ्यो ।

धरानको नाम बढ्थ्यो र स्थानिय सरकारले पाँउने करको मात्रा पनि बढ्थ्यो । तर , यो सबै हुन सक्ने कुराहरुमा आवस्यक दुइ कुराहरु मौलिकिकरण र मौद्रिकिकरण हुन सकेको छैन । यसमा आधा दोश सरकारको होला । तर, आधा दोश त स्थानियको पनि छ ।

ताजा अपडेट