धरान/धरान उपमहानगरपालीकाले बजार अनुगमनको कामलाई निरन्तरता दिने भएको छ । आइतबार धरान उपमहानगरपालीकामा भएको सरोकारवालाहरुको छलफलमा धरानका मेयर तारा सुब्बाले बजार अनुगमनको कार्यलाई स्थायीत्व दिने  बताएका हुन ।

[caption id="attachment_55418" align="alignleft" width="486"] फाइल तस्विर[/caption]

 बजार अनुगमनका लागी धरानकी उप मेयर मञ्जु भण्डारी सुबेदीको संयोजकत्वमा ११ सदस्यिय समितीपनि बनेको छ ।

 समितीमा आमन्त्रीत सदस्यको रुपमा बिज्ञहरुलाई ल्याइने भएको छ । बजार अनुगमनकालागि गठीत समितीमा सुनसरी उद्योग बाणिज्य सघं,इलाका प्रसासन कार्यालय,इलाका प्रहरी कार्यालय,उपभोक्ता हित संम्रक्षण मञ्च,पत्रकार महासघं,खाद्य प्रबिधीका बिज्ञ लगायत सदस्य रहने र धरान उपमहानगरपालीकाले तोकेका अधिकृत सदस्य सचिब रहने बताइएको छ ।

 बजर अनुगमनको कार्यालाई स्थाइत्व दिन आबश्यक कानुन समेत बनाउनु पर्ने भएको त्यसको प्रकृया समते सुरु गरिने मेयर सुब्बाले बताए ।कार्यक्रममा बोल्दै सुनसरी उद्योग बाणिज्य सघंका उद्योग सचिब महेन्द्र प्रधानले बजार अनुगमनको कार्यलाई निरन्तरता दिनु पर्ने बताए । नियमित बजार अनुगमनको अभाबमा बजार अस्तब्यस्त भएको भन्दै बजार अनुगमनको कार्यलाई निरन्तरता दिनु पर्ने बताए ।उनले बजारमा खाद्यन्न मात्र नभएर यातायातका क्षेत्रमा पनि ध्यानदिनु पर्ने बताए ।

होटल एसोसिएसन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले बजार अनुगमन मौसमी रुपमा हुने भएको भन्दै अब नियमित रुपमा बजार अनुगमन हुनु पर्ने बताए । बजार अनुगमन गर्दा खाद्यन्न र मिसावट मात्र हैन,लत्ता कपडाको मुल्यमा समेत ध्यान दिनु पर्ने उनले बताए ।

  खाद्य प्रबिधि विद्यार्थी समाजका सौरभ सञ्जेलले ब्यापारीहरुमा थोरै समयमा धेरै कमाउने मनोबिज्ञानका कारण बजारमा मिसावट र कालोबाजरी भई रहेको बताए । यसलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन र गलत गर्नेलाई कारबाही गर्नु पर्ने बताए ।केन्द्रिय प्रबिधि क्यामपस धरानका साहयक क्यामपस प्रमुख दिलकुमार लिम्बुले बजार अनुगमनका लागि चाहिने खाद्य बिज्ञहरु उपलब्ध गराउन आफुहरु तयार रहेको बताए ।

कार्यक्रममा इलाका प्रहरी कर्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेल,पत्रकार सहासघंका सहसचिब दिनेश गजमेर,अनेम सघं धरान १५ की अध्यक्ष सृजना नेपाल,कानुन ब्यबसायी अबइन्द्र निरौला,थोक ब्यासायी सिताराम आचार्य,मासु प्राबिधिक किशोर खड्गी,पत्रकारहरु रोहीत राई,भोजराज श्रेष्ठ,बिनय प्रधान लगायतले आ आफ्नो भनाई राखेका थिए ।