लण्डन/ गैरआवासीय नेपाली संघ (एनआरएनए) वेलायतको अध्यक्षमा संघका वर्तमान उपाध्यक्ष योग फगामी चुनावी प्रतिस्पर्धाबाट चयन भएका छन्।

एनआरएन बेलायतको सातौं राष्ट्रिय महाधिवेशनमा फगामीले १२९८ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत मात्रा पाए।

त्यसैगरी उपाध्यक्षमा डा. प्रेम बहादुर आले, प्रेम गाहा मगर, पुनम गुरुङ्ग,शेरबहादुर सुनार,ललितकुमार न्यौपाने र सुशिला राई निर्वाचित भएका छन् । महासचिबमा राजकुमार त्रिपाठीले १०४० मत ल्याएर विजयी भए भने उपमहासचिबमा विनय अधिकारी, सचिबमा तारानाथ भण्डारी, सुरज मास्के र नारायण पौडेल, कोषध्यक्षमा सचिन श्रेष्ठ, सह–कोषाध्यक्षमा गजेन्द्र गुरुङ्ग निर्वाचित भएका छन् । युवा संयोजकमा कुमार थापा ९८७ र लालबहादुर गुरुङ्ग १३०५ मत ल्याएर विजयी भएका छन्।

सदस्यहरुमा पवन राई, पवन शर्मा, बिमला लिम्बु, गंगाबहादुर राना, अर्कराज तिम्सिना, डेविन्द्र थापा, होमनाथ पौडेल,मुकेश राना र जीतबहादुर रानाभाट निर्वाचित भए।

महिला संयोजक लिला देवी गुरुङ निर्वीरोध भएकी छन्। उनको एकल उम्मेदवारी परेपछि गुरुङ निर्विरोध भएकी हुन् । त्यस्तै बेलायतबाट केन्द्रमा प्रतिनिधित्व गर्नका लागि आईसीसी सदस्य कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएका छन्।

प्लम्स्टिड,हृारो, लेस्टर र अल्डरसट गरी चार मतदान केन्द्र भएको मतदानमा ७८.४ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ।

को हुन् योग फगामी ? बेलायती गोर्खा सैनिकमा १८ बर्ष सेवा गरेर सार्जन्ट पदबाट अवकाश लिएका योगकुमार फगामी पहिलो गोर्खा राईफल्समा कार्यरत रहदा एउटा जेहेन्दार सैनिक थिए । उनी विद्यार्थी जीवनदेखिनै सामाजिक कार्यमा सक्रिय थिए।

सैनिक जीवनबाट अवकाश प्रश्चात बेलायतस्थित बेजिङ्गस्टोक बस्दै आएका फगामी दुई बर्षसम्म यहाँको व्यस्त दैनिकीमै दिन विताए। बिस्तारै बेलायतको व्यस्त दैनिकीलाई छिचोल्दै फगामी गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अभियानमा होमिन थाले। एनआरएनए बेलायतको ९२०१३–२०१५० महासचिब र ९२०१५–२०१७० का उपाध्यक्ष बनेका फगामीले आफ्नो नेतृत्वमा नेपालका भूकम्पपीडितका लागि बेलायतमा आर्थिक संकलन कार्य गरी एनआरएनए बेलायतको पहलमा पीडितहरुलाई राहात वितरण गरेका थिए।

कुन उम्मेदवार विजय भए ?

अध्यक्ष – योग कुमार फगामी १२९८ विजय कृष्णप्रसाद तिमल्सेना ९१२ हिराधन राई ५६०

उपाध्यक्ष – पुनम गुरुङ १६११ विजय शेर बहादुर सुनार १४३३ विजय डा। प्रेम बहादुर आले १२६८ विजय शुसिला राई १२०९ विजय ललित कुमार न्यौपाने ११०८ विजय प्रेम गाहा मगर १०४९ विजय राष्ट्र राई ९८८ दयानिधी सापकोटा ९५७ दीपककुमार श्रेष्ठ ८६२ भोलानाथ खनाल ४३३ डा। दिलिप कुमार यादव ३६५ महासचिव( राज कुमार त्रिपाठी १०४० विजय फडिन्द्र भट्टराई ८२७ खुशी लिम्बु ६८२

उपमहासचिव विनय अधिकारी १०५९ विजय कृष्ण तिवारी १०२२

सचिव – तारानाथ भण्डारी १४५१ विजय नारायण पौडेल ‘गाउँले’ १३६६ विजय सुरज मास्के ११८८ विजय सुनिल बाबु खड्का ९८८

कोषाध्यक्ष – सचिन श्रेष्ठ ७७९ विजय

महेश गिरी ६७०

शालिकराम सापकोटा ६०८

सहकोषाध्यक्ष( गजेन्द्र गुरुङ १२६५ विजय सुरज पौडेल ८०१

युवा संयोजक( लाल बहादुर गुरुङ १३०५ विजय कुमार थापा ९८७ विजय राजन खकुरेल ८९६ विरेन्द्र श्रेष्ठ ६२५

सदस्यहरु( अर्कराज तिमल्सिना ११८३ विजय गंगा बहादुर राना ११७८ विजय बिमला लिम्बु ११२४ विजय मुकेश राना १०५० विजय डेबिन्द्र थापा १०९९ विजय पवन राई १०२४ विजय होमनाथ पौडेल ९८८ विजय पवन शर्मा ९९० विजय कुलेश्वर ९कृष्ण० ढकाल ८७० विजय मनिष खड्का ८१२ कमल कँडेल ७६४ तिलकराज भट्टराई ७१३ बिष्णु प्रसाद खरेल ५६७ पर्शुराम पाण्डे ४१५

आइसीसी सदस्य( शान्ति थापा १८०७ विजय जय प्रकाश गुरुङ १२४१ विजय कुमारी गुरुङ ११६१ विजय देवराज आचार्य ९चिरन० ७६८ अर्जुन कटुवाल ७३६