धरान/धरानको मुख्य चौक हुदै गएको धरान इटहरी सडक खण्डको बरगाछि देखि धरान भोटेपुल सम्मका सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ ।

सडक बिभागले गत असारमै सडकका खाल्डाखुल्डी पुर्न बिराटनगरको केके निर्माण सेवालाई ठेक्का दिएको भएपनि ठेकेदारले काम सुरु गरेका थिएनन ।ठेकेदारले काम समयमा नगर्दा र्सबत्र बिरोध भएपछि धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले चाँडो सडक निर्माण गर्न सडक बिभागको ध्यानाकर्षण गराएपछि ढिलै भएपनि सडकको खाल्डाखुल्डी पर्ने काम सुरु भएको छ ।

बुधबार कार्य अनुगमन गर्दे धरान उपमहानगरपालीकाकी उप मेयर मञ्जु भण्डारी सुबेदीले सडकको छेउछेउलाई मजबुद बनाउन र गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएकी छिन् ।सडक निर्माणको सम्पुर्ण प्रकृया र मापदण्ड पुरा गरेर कार्य गर्न उनले निदेशन दिएकी हुन ।

सडक निर्माणमा खटिएका सुपरभाइजर गणेश कोइरालाले धरानको बरगाछि देखि भोटेपुल सम्मको सडक अति संबेदनशील भएकाले दशै अगाडि नै खाल्डा पुर्ने गरि काम गरि रहेको बताए ।मौसमले साथ दिए दशै अगाडि काम सम्पन्न गर्ने उनले बताए ।

सडक अनुगमन गर्न धरान उपमहानगरपालीकाका बरिष्ट सामाजिक बिकास अधिकृत तथा निमित्त कार्यकारी अधिकृत गणेशप्रसाद खतिवडा,प्राबिधिक बालकृष्ण कार्कि सहितको टोलि पुगेको थियो