तरहरा /नेपाल सामुदायिक विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष मणिराम गिरी उच्च शिक्षा आयोगको सदस्यमा मनोनित भएका छन । शिक्षा मन्त्रालयले गिरीलाई सदस्यमा मनोनित गरेको हो ।

भर्खरै भएको उच्च शिक्षा आयोग गठन भए सँगै सुनसरी तरहराका स्थायी बासीन्दा गिरी उच्च शिक्षा आयोगका सदस्यमा मनोनित भएको हो । मनोनित भए सँगै गिरीले शिक्षा क्षेत्रमा भएको विकृतीलाई हटाउँन आफुले पहल गर्ने जनाएको छन । शिक्षा क्षेत्रमा सरकारले लगानी मात्र नगरी ब्यावस्थीत वनाई राम्रो नतिजा ल्याउँने तर्फ ध्यान दिनु पर्ने वताए ।

सरकारी विद्यालयहरु राजनितिकै कारण धरासायी भएको भन्दै विद्यालयमा राजनिति अन्त्य हुनु पर्ने वताए । गिरीले भने सरकारी तलव खाएर राजनिति गर्ने शिक्षकहरुकै कारण सरकारी विद्यालयका विद्यार्थीहरुको प्रगती र विद्यालयको प्रगती हुन नसकेको भन्दै यस विषयमा आफु लामो समय देखि लड्दै आएको वताएका छन । आमगी दिनमा पनि मेरो पहल रहन्छ उनले थपे ।