शसस्त्र प्रहरी र तालिमप्राप्त कुकुरहरू रेलभित्र र रेल स्टेसन वरपरका आवासीय क्षेत्रमा घुमिरहेका देखिएको स्थानीयले बताएका छन् । घटनास्थल यो समाचार तयार पार्ने समयसम्म सुरक्षा घेराभित्र राखिएको छ । रेल स्टेशन वन्द भएको छ ।

स्थानीय बासिन्दा तथा व्यवसायीहरूले यात्रुहरूलाई पानी, चिया र नास्ता साथै अन्य सहयोगका लागि बन्दोबस्ती मिलाएका देखिन्छ ।

स्थानीय चार्ली क्राभेनले आफू विष्फोटका समयमा रेल नजिकै भएको बताउँदै भने रेलभित्र ठूलो आवाजसहित विष्फोटक पदार्थ पड्केको बताए । उनले भने, “विष्फोटपछि सबैभन्दा पहिले मैले कुनै सिनेमामा देखिने जस्तै सुन्तला रङ्गको आगोको लप्का रेलको डिब्बा बाहिर निस्केको देखेँ ।”

बेलायतमा मार्चपछि विगत छ महिना यता भएका यो पाँचौँ आतंकवादी आक्रमण हो ।  लण्डनका नगर प्रमुख सादिक खानले घटनाबाट नआत्तिन आग्रह गरेकाे छ ।

उनले नगरवासीलाई ‘शान्त तथा सचेत रहन’ अपिल गरेकाे छ । उनले शुक्रबार एक विज्ञप्ति जारी गरी भने, “हामी आतंकवादसँग कहिल्यै नडराउने वा नहार्ने जानकारी गराउन चाहन्छौँ । यो लण्डनले पटक पटक प्रमाणित गरिसकेको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण ‘पराजित आतंकवादी’द्वारा गरिएकोे पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिएको छ ।

“स्कटल्याण्ड यार्डका भेटिने यि विक्षिप्त प्राणी हुन् । यिनीहरू विरुद्ध थप सक्रिय बन्नुपर्छ,” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमा लेखेका छन् । रासस÷एएफपी