कुनै पनि मुलुकको आर्थिक विकास एवं समृद्धि असल वित्तिय प्रणाली निर्भर रहन्छ । वित्तिय प्रणालीमाथी अन्तर्गत वित्तिय संस्था, वित्तिय बजार र वित्तिय उपकरणहरु पर्दछन् ।

सबल र सक्षम वित्तिय प्रणलीले समग्र अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्दछ । अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तिय संस्थाको अतिरिक्त पूँजी बजारको विकासले पनि महत्वपूर्ण भुमिका खेल्दछ । पूँजी बजारको विकास एवं विस्तारले छरिएर रहेको बचतलाई संगठित गरि उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्याउँछ । त्यसैले दीगो आर्थिक वृद्धि हासिल गर्न आन्तरिक बचत परिचालन गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय लगानी अभिवृद्धि गरि पूँजी बजारलाई सक्षम, गतिशिल र विकसित बनाउन अपरिहार्य छ । वि.सं. १९९४ सालमा विराटनगर जुटमिल र नेपाल बैंक लिमिटेडले प्रथमपटक धितोपत्र निष्कासन गरेपछि नेपालमा अनौपचारिक रुपमा धितोपत्र बजारको शुरुवात भएको हो । वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद/बिक्री केन्द्रको स्थापना पश्चात् सरकारी ऋणपत्रको दैनिक खरिद÷बिक्रीबाट धितोपत्र बजारको संस्थागत विकास प्रारम्भ भयो । नेपाल सरकारले जारी गरेको धितोपत्रहरु खरिद/बिक्री गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न वि.सं. २०४० सालमा धितोपत्र कारोबार ऐन जारी गरियो ।

वि.सं. २०४६ सालपछि नेपालले अवलम्वन गरिएको आर्थिक उदारिकरणको नीतिले पूँजीमा निजी क्षेत्रको प्रवेशलाई सहज बनायो । सेक्युरिटी खरिद/बिक्री केन्द्र आफैंले बजार व्यवस्थापन र नियमनको कार्य गर्दा स्वार्थ बाँझिन सक्ने विषयलाई ध्यानमा राखी वि.सं. २०४९ सालमा धितोपत्र कारोबार ऐन २०४० लाई संशोधन गरि सरकारले धितोपत्र बजारको स्वायत्त नियमनकारी निकाय स्थापना गर्न सक्ने व्यवस्था अवलम्बन गरि सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न, देशको आर्थिक विकासमा योगदान पुर्याउन, लगानीकर्ताको हक, हितलाई संरक्षण गर्न उद्योग धन्दाको स्वामित्वमा जनसंख्या बढाउन संस्थागत सुशासन कायम गर्न र धितोपत्र कारोबार लाई व्यवथित र नियमित गर्न नेपाल सरकारबाट वि.सं.२०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना गरियो । वि.सं. २०६३ सालमा धितोपत्र ऐन २०४० खारेज गरि वृहत उद्धेश्य सहित धितोपत्र सम्बन्धी ऐन २०६३ जारि गरियो । धितोपत्र ऐन २०६३ बमोजिम हाल नेपाल धितोपत्र बोर्डले स्वशासित र संगठित संस्थाको रुपमा समग्र पूँजी बजारको नियमन र सुपरिवेक्षण कार्य गर्दै आएको छ ।

वि.सं. २०४९ सालमा सधतोपत्र कारोबार ऐन २०४० को पहिलो संशोधन पश्चात् सेक्युरिटि खरिद/बिक्री केन्द्रलाई वि.सं. २०५० पौष २३ मा नेपाल धितोपत्र विनियम बजार लिमिटेडमा परिवत्र्तन गरी धितोपत्र बजार (दोस्रो बजार) सञ्चालनको छुट्टै व्यवस्थापक वि.सं. २०५० माघ २९ देखि बजारमा धितोपत्र दलाल व्यवसायीहरुको प्रबेश गराई खुल्ला बोलकबोल प्रणाली मार्फत् धितोपत्र बजार सञ्चालन गर्ने कार्यलाई अगाडी बढाईएको थियो । हाल नेप्सेको टेड्रिङ अतिमेशनमा लगिएको र रियल कायम इन्फरमेशन शुरु भयो । म्याच्युअल फन्टको नियमावलि ल्याई कोषहरु सञ्चालित छन् । क्रेडिट रेटिङको स्थापना र धितोपत्र दलालको संख्या २३ बाट बढाएर ५० पुर्याईयो ।

नेपालको पूँजी बजारमा स्वामित्व पूँजीको अंश उच्च र ऋण पूँजीको अं अत्यन्त न्यून रहेको अवस्था छ । विकसित मुलुकहरुमा स्वामित्व पूँजी बजार क्रमशःपूँजी बजार सम्झौता पूँजी बजार लाई पनि स्वामित्व पुँजी बजार सरह प्रोत्साहन गरि पूँजी बजारलाई संतुलित ढंगबाट विकास एवं बिस्तार गर्न जरुरी छ । डेरिमेटीक बजार ऋण पूँजी बजारका उपकरणहरुको बारेमा लगानीकर्ताहरुमा पर्याप्त ज्ञान छैन । शेयर बजारमा पनि बैंक तथा वित्तिय संस्थाहरुको बाहुल्याता रहेको छ । पूँजी बजारका सबै क्षेत्रहरुको समान उपस्थित भएमात्र लगानी विविधिकराण भएर जोखम न्यूनिकरण हुन जान्छ र पूँजी बजार स्थिर एवं परिपक्वता बन्दै जान्छ ।

पूँजी बजारलाई स्थायित्व एवं परिपक्व बनाउन र धितोपत्रका उपकरणहरु मुल्यमा आउने असम्भाविक उत्तरदायित्वलाई न्यूनिकरण गर्नका लागि संस्थागत लगानीकर्ताहरुको उपस्थिति अपरिहार्य हुन्छ । विमा कम्पनिहरु , लगानिकर्ता , नागरिक लगानि कोष , कर्मचारी सञ्चय कोष ,हुलाक बचत बैंक ,म्याचुअल फन्ट आदि जस्ता सस्ंथागत लगानिकर्ताको उपस्थितिहरु लाई पूँजी बजारमा प्रवेश गराउनका लागी धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले संयूक्त रुपमा पहल गर्नूपर्दछ।

धितोपत्र बजारका सहभागी संस्थाहरुः धितोपत्र बजार १ केन्द्रीय निक्षेप सेवा १ धितोपत्र व्यवसायीः मर्चेन्ट बैकर २३ धितोपत्र दलाल व्यवसायी ५० साख मुल्यांकन संस्था १ सामुहिक लगानी कोष ९ निक्षेप सदस्य ६८ आस्था सदस्य बैंक तथा वित्तियसंस्था ५२ क्लियरिङ बैंक ४ सुचीकृत र्सगठित र्सस्था २११ कुल संस्था ४२०

आर्थिक सर्वेक्षण २०७३/०७४ अनुसार आ.व. २०७२/०७३ मा धितोपत्र बजार बिकासका लागी थप सुधारकार्यहरु वित्तिय बजारमा उच्च तरलता भई बैंक ब्याजदर न्युन रहेको र बैंक वित्तिय संस्थाको पूँजी वृद्धि योजना सार्वजनिक भएकाले उत्साहजनक सहभागिता रहेको छ । चालु आ.व.को प्रथम महिनामा प्राथमिक बजार मार्फत् ९ संस्थाले प्राथमिक निष्काशन, ३ संस्थाले म्याचुअल फन्ट निष्काशन गरि कुल ५५ संगठित संस्थाबाट रु ३४ अर्ब ६७ करोड बराबरको पुँजी परिचालन भएको छ । आ.व. २०७२/०७३ मा विश्व धितोपत्र बजारमा शिथिलता आएतापनि बजार सुधार तथा विकासका थप प्रयासले गर्दा नेपालको धितोपत्र बजार बढोत्तरीतर्फ गएको छ । अतः नेपालको धितोपत्र बजारले लामो इतिहास नरचे पनि विश्वस्तरको अभ्यास र लगानीको सुनिश्चित वातावरण तयार गर्न सकेमा सम्पूर्ण लगानीकर्ताहरु र आवश्यक पूँजी निकोषमा इच्छुक संगठित संस्थालाई कोसे ढुङगा साबित हुन पुग्दथ्यो । धितोपत्र बजारलाई क्रमशः वैज्ञानिक, आधुनिकीकरण गर्न थप सुधारका नीति रणनीतिहरुको कार्यान्वयनमा जोड दिनु अावश्यक छ ।