धरान/संबिधान दिवसको अवसरमा धरान उपमहानगरपालीकाले आयोजना गरेको नगर स्तरिय खुल्ला बक्तृत्वकला प्रतियोगितामा धरान–१४ कि सहभागि सुशिला धमला प्रथम भएकी छिन् । [caption id="attachment_56058" align="aligncenter" width="960"] संबिधान बिशेष कार्यक्रममा सहभागी अतिथीहरू । तस्विर उपेन्द्र चाम्लिङ/ब्लाष्टखबर[/caption] प्रतियोगितामा धरान –६ का नरेश आचार्य दोश्रो,धरान–११ का किरण प्रसाद उपाध्यय तेश्रो र धरान–१२की सलिना कार्की सान्तवना भएकी छिन् । उनीहरुलाई क्रमशः ५ हजार,४ हजार,३ हजार र १ हजार रुपैया नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।प्रतियोगिताको निर्णयकमा उपप्राध्यापक दिपक पराजुली,ब्लाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक तथा उपप्राध्यापक राजेश बिद्रोही र उप्राध्यापक प्रकास राई रहेका थिए।‘संबिधान कार्यान्वयनमा हाम्रो कार्यभार’ बिषयक प्रतियोगीतामा १९ जना प्रतियोगिको सहभागिता रहेको थियो । धरान उपमहानगरपालीका कार्यपालीका सदस्य गिता पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।