तरहरा /नेपाली काग्रेस सुनसरीले जिल्ला सहसचिमा नगेशचन्द्र राईलाई नमोनित गरेको छ । नेपाली काग्रेसको जिल्ला सदस्य राईलाई सह सचिवमा मनोनित गरेको हो । युवा नेता राई लामो समय देखि काग्रेस राजनितिमा सक्रिय हुदै आएका छन ।

लामो समय देखि काग्रेसको राजनितिमा सक्रिय राईलाई नेपाली काग्रेस जिल्ला कार्य समितिले सह सचिवमा मनोनित गरेको नेपाली काग्रेस जिल्ला सभापति राजिब कोईरालाले वताए । उनले भने राईको राजनितिक योगदानको कदर गरेर जिल्ला सह सचिवमा मनोनित गरेका हौ ।

सह सचिवमा मनोनित भए सँगै राईले आफु पार्टी हित र संगठन विस्तारको लागी सक्रिय भुमिका खेल्ने वताएका छन । उनले नेपाली काग्रेसलाई वलियो वनाउँन आफु लागी पर्ने वताउँदै संगठनको हित विपरीत कहिल्यै नजाने उद्घोष समेत गरेका छन ।