विजयपुर/धरानमा बिक्री हुने गरेको मासु स्वस्थ्यकर नभएको पाइएको छ । धरान उपमहानगरपालीकाले बुधबार गरेको मासु पसल तथा बध स्थलको अनुगमनका क्रममा धरानका अधिकांश ठाउमा बिक्रि बितरण हुने मासु खानका हानिकारक हुने अनुगमनमा संम्लग्न खाद्य प्राबिधिकहरुले बताएका छन् ।

पशु वा पक्षिंलाई बध गर्ने स्थान, र बध गरि सकेपछि पुरा गर्नु पर्ने कार्य नै पुरा नगरि मासु बिक्री बितरण हुने गरेको पाइएको छ केन्द्रिय प्रबिधि क्यामपस धरानकी उपप्राध्यापक बबिता अधिकारीले भनिन्‘यस्तो मासुले जनस्वास्थ्यलाई निकै ठुलो असर पु¥याउछ ।उनले स्थानिय सरकारले मासु बिक्रि सम्बन्धि आबश्यक कानुन बनाएर ब्यबस्थीत गर्नु पर्ने बताईन ।

धरान उपमहानगरपालीकाकी उप प्रमुख तथा अनुगमन समितीकी संयोजक मञ्जु भण्डारीले अब बजार अनुगमन नियमित हुने भएकाले यस्तो बेथिती सु्धार हुने बताइन ।केन्द्रिय प्रबिधी क्यापमसका माइक्रोबायोलोजीका बिद्यार्थी तथा शुक्ष्म जीब सम्बन्धि अध्यनकर्ता धिरेन सुब्बाले धरानका अधिकाशं ठाउमा बिक्रिकालागि राखिएको मासु स्वस्थ्यकर नभएको बताए । यसले मानब स्वास्थ्यमा नराम्रो असर पु¥याउछ स्थानिय सरकार र उपभोक्ताले बेलैमा ध्यान पु¥याउनु जरुरी छ ।

फुट टेक्नोलोजीका अध्यनकर्ता सौरभ सञ्जेलले बजारमा भेटीएको मासुले मानब शरिरमा ‘स्लो पाइजन’को रुपमा सक्रिय हुने बताए ।यसरी मासु बेच्नुलाई कानुनी भाषामा अपराध नै मानिन्छ उनले भने ।‘ पशु वा पक्षिंलाई बध गर्ने स्थान र बिक्री स्थल हेर्दा हामीले मासु हैन मन्द बिष खाइरहेका छौ भन्ने देखिन्छ’ धरानकी उपमेयर मञ्जु भण्डारीले भनिन् । उनले धरानका मासु पसल र बधशालालाई ब्यबस्थित गर्न गर्न नगर कार्यपालीकाले आबश्यक निती बनाएर अघि बढ्ने बताइन ।

बुधबार भएको अनुगमनमा प्रचलित मापदण्ड बिपरीत बध गर्ने तथा मासु बेच्नेलाई सचेत गराइएको र दोश्रो पटक पुनः यस्तै अबस्था भेटिए कारबाही गर्ने उनले बताइन । अनुगमनका क्रममा धरान १५ स्थित मिलन पथमा रहेको मासु बिक्रि केन्द्रले भने केही नियमहरु पलना गरेको पाइएको थियो ।

बजार अुनगमनमा सुनसरी उद्योग बाणिज्य सघंका प्रतिनिधी,मासु ब्यबासायीका प्रतिनिधी,मासु प्राबिधिक,खाद्य प्राबिधिकका बिज्ञ,माइक्रोबायोलीका बिज्ञ,प्रहरी,पत्रकार महासघंका प्रतिनिधी,उपभोक्ता हित संम्रक्षण मञ्चका प्रतिनिधी लगाएको उपस्थिती रहेको थियो ।