काठमाडौं । नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपालबहादुर खड्काले आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । खड्काले वारेस मोतिलाल तामाङमार्फत् बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । खड्काको रिट निवेदनमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई हटाइएको भन्दै निर्णय खारेजीका लागि उत्प्रेषणको आदेश माग गरिएको छ । आयल निगमको जग्गा खरिद लगायतका गतिविधिमा संलग्न भएको भन्दै गत सोमबारको मन्त्रिपरिषद बैठकले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको थियो ।