पथरी/मोरङको कानेपोखरी–३,हरकपुर स्थीत एक घरमा आगालागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु भएको छ ।बिहिबार बिहान २ बजे लागेको आगोले ५६ बर्षिय चन्द्र कुमार राई, ५० बर्षिय पार्वता राई, ४५ बर्षिय बिष्णुकुमारी राई तामाङ र ८५ बर्षिय गंगामाया राईको आगोले जलेर मृत्यु भएको हो ।

घरमा कुमार राई घरमुली हो । चन्द्रकुमारको आमा गंगामाया, श्रीमती पार्वता र बैनी बिष्णुकुमारी हो । उनिहरुको शव चिन्ने अबस्थामा छैन् । प्रहरी र स्थानीयको सहयोगमा सवै शब खोजेर निकालेका थिए ।

बिद्युत सट भएर घरमा आगालागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय पथरीका सई राजकुमार बस्नेतले बताए ।छिमेकीहरुको अनुसार २ः३० बजे आगो लागेको थाहा पाउँदा घरमा आगोको रापले जैसक्नु थिए ।

जलेको घर त्यस स्थानको सवै भन्दा ठुलो होलसेल किराना पसल पनि हो । आगो नियन्त्रणका लागी इटहरी,बिराटनगर र दमकबाट बारुण यन्त्र आएर आगो नियन्त्रमा लिएको थियो ।

चन्द्रकुमारको घर छेउछाउ अरु घर नभएकोले अन्य क्षति हुन पाएन । बिहिबार बिहान २ बजे देखिलागेको आगो बिहान ६ बजे नियन्त्रणमा आएको थियो ।

आगोले खाद्यान्न,लताकपडा,जिन्सी,रकम,भाडाकुडा गरेर लगभग १ करोड बराबरको जलेर क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घरमा पतीपत्नी र चन्द्रकुमारको आमा बस्दै आएका थिए।

बैनी बिष्णुकुमारी बेलुका माइत दाजुकोमा पाहुना खानु आएका थिए । चन्द्रकुमारको एक छोरा र एक छोरी छन् । छोरा र छोरी काठ्माडौंमा बसेर पढ्दै आएका छन् । शवलाई पोष्टमार्टमको लागी मंगलबारे हस्पिटल लाने तयारी रहेको प्रहरीले बताए ।