इटहरी /इटहरीमा विहीबारदेखि पूर्वाञ्चल स्तरीय खुल्ला भलिवल प्रतियोगिता शूरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले गरे । प्रगती समाज सेवा क्लबको आयोजनामा तेस्रो पूर्वाञ्चल स्तरीय भलिवल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताा विजेता टीमले ५१ हजार रुपैयाँ र दोस्रो हुनेले २६ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष विक्रम थापाले जनाए । त्यस बाहेक उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

उद्घाटन खेलमा आयोजकले संखुवासभाको टीमलाई पराजित गरेको छ । आयोजकले २५–१८, २५–१७ र २५–२२ को सोझो सेटमा संखुवासभालाई पराजित गरेको आयोजक संस्थाका अध्यक्ष थापाले जानकारी दिए । यसैगरी विहीबारनै भएको दोस्रो खेल केराबारी गाउँपालिका र झुम्का भलिवल क्लब बीच भएको थियो । प्रतियोगितामा केरावारीले २५–१७, २५–१४ र २५–२१ को सोझो सेटमा झुम्का भलिवल क्बललाई पराजित गरेको आयोजकले जनाएको छ ।

प्रतियोतिगाको उद्घाटन समारोहा प्रमुख अतिथि खेलकुद राज्य मन्त्री चौधरीसहित पूर्व अन्तराष्ट्रिय भलिवल खेलाडी दिपक सापकोटा, इलाका प्रहरी िकार्यालय इटहरीका प्रमुख सञ्जयबहादुर राउत, जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुरोध थापा, विश्वराज धिमाललगायतले मन्तव्य राखेका थिए । प्रतियोगितामा पूर्वाञ्चलका १२ वटा भलिवल टीमको सहभागिता रहने आयोजकले जनाएको छ । विश्व आदर्श स्कुलको खेल मैदानमा हुने सो प्रतियोगिता असोज ७ गते समापन हुने छ ।

प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेल क्षेत्रीय प्रहरी रानी र नेपाली सेनाको सबुददल गण तथा दोस्रो खेल शसस्त्र प्रहरी पकली र इन्द्रपुर भलिवल क्बल बीच हुने आयोजकले जनाएको छ ।