विराटनगर/ धरान भेट्रान क्लब विराटनगरमा पूर्वाञ्चलस्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सिएमजी स्वास्थ्य क्लब विराटनगरको आयोजनमा डिग्री क्याम्पसको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा हाटखोला भेट्रान क्बल विराटनगरलाई १–० गोलअन्तरले पराजित गरी धरान फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै धरानले शनिबार हुने फाइनलमा बिर्तामोड भेट्रान क्बलसँग प्रतिस्र्पा गर्नेछ ।खेल सुरुवातदेखिनै आक्रमक रुपमा प्रस्तुत भएको धरान भेट्रान क्बलले पहिलो हाफको १८ औं मिनेटमा सुजित कुमार राईले वान भर्सेस वानको प्रहारले जाली चुमाए । राकेश राइले मिलाइ दिएको पास सुजितले सानदार गोल गरेको थिए ।

धरानलाई जितको लागि सुजितले गरेको गोल नै निर्णायक बन्यो ।निकै रोमान्चक भएको प्रतियोगिताको दोस्रो हाफदेखि हाटखोला भेट्रान क्लले खेल सुधारे पनि गोल गर्न सकेन ।

धरान भेट्रान क्लबले आक्रमक रुपमा प्रस्तुत भएपनि थप गोल गर्न पाएन । हाटखोलका खेलाडीहरुले गोल गर्ने अवसहरु चुकाउँदा पाहुना टिमलाई जित सुम्पिनु प¥यो ।

हाटखोला भेट्रान क्बलका स्मायील मियाले खेलको ३८ मिनेटमा वान भर्सेस वानको प्रहार धरानका गोल किपर सानदार बचाए । दुवै टिमले सुन्दर खोल गर्ने अवसरहरु खेर फाले ।प्रतियोगिताको म्यानअफ द म्याच धरान भेट्रान क्लबका बिमल गुरुङ्ग घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।