[caption id="attachment_14736" align="alignnone" width="1652"] भाेजराज श्रेष्ठ[/caption]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको कर्मचारीको आन्दोलनले धरानबासीलाई 'घनचक्कर' मा पारेको छ । आन्दोलनको वास्तविकता के हो ? यो आन्दोलन कुन दिशा तर्फ अघि बढेको छ ? प्रतिष्ठान बचाउन किन नागरिक समाज र राजनीतिक दलहरु ध्रुविकरण भएका छन् ? अनेकन प्रश्नले धरानबासीलाई घनचक्करमा पारेको हो । पहिलो नम्बरमा आन्दोलनको स्वरुपको कुरा गरौं । अहिले प्रतिष्ठानको कर्मचारी कल्याण समाजले तलव बढाउनु पर्ने, भ्रष्टचार अन्त्य हुनु पर्नेलगायतको दुईतिनवटा माग राखेर आन्दोलन थालेको छ । समाजले थालेको आन्दोलनको ナनेतृत्वᅳ अवस्य पनि सुजेन्द्र गोले तामाᆰले लिएका छन् । समाजको अध्यक्ष भएको हिसावले उनको नेतृत्वमा भइरहेको आन्दोलनलाई अन्यथा लिनु हुँदैन । तर, उनले अहिले आएर आन्दोलन किन छेडेका छन् ? किन उपकुलपति बलभद्रप्रसाद दास हुँदा ताका आन्दोलन गर्दै ナसुरक्षित अवतरणᅳ गर्दै आइरहे ? किन नयाँ उपकुलपति राजकुमार रौनियार आउने बित्तिकैदेखि आन्दोलनलाई ナवार कि पारᅳ भनिरहेका छन् ? यसको अनेक आयमबाट उत्तर खोजिनु पर्छ । अन्यथा धरानबासीहरु चुक्ने छन् एकपटक । जव, उपकुलपति रौनियार ५ महिना अघि नियुक्त भएर आए त्यसपछिदेखि नै उनले समाजका अध्यक्ष गोले र उपाध्यक्ष उमेश थापालाई ナकि राजनीति छाड्, कि प्रतिष्ठान ?ᅳ भन्ने अडान लिए । त्यो अडान लिनु उनलाई अर्को पनि बाध्यता थियो । विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेको समाचारको कारण पनि उपकुलपति रौनियारले बाध्य भएर त्यो अडान लिएका थिए । अन्तत्वोगत्वा अध्यक्ष गोलेले पार्टी नेपाली कांग्रेसको जिल्ला सचिव र प्रवक्ताबाट राजिनामा दिएको सार्वजनिक गरे । त्यो राजिनामा दिनुमा नेपाली कांग्रेस भित्रैबाट पनि दवाव आएको कांग्रेसकै नेताजनहरु बताउँछन् । राजिनामा दिएको सार्वजनिक गरे लगत्तै उनले आन्दोलनको नेतृत्व गर्न थाले । उनको आन्दोलनको मूख्य स्वार्थ चाही ナअस्तित्वको लडाई, पद बढुवा, र खाईपाई आएको सुविधाᅳ नै रहेको कांग्रेसजन नै बताउँछन् । जो उनले हिजोदेखि प्रतिष्ठानमा हालीमुहाली गर्दै आइरहेका थिए । त्यो गुम्ने खतरा देखेपछि उनले आन्दोलनको तानाबाना बुने । पूर्व उपकुलपतिसमेत रहेका डा. शेखर कोइरालाका विश्वास पात्रको रुपमा चिनिने उनले त्यो बेलादेखि नै आफ्नो हालीमुहाली सुरु गरेका थिए । जव, त्यसपछिका उपकुलपतिहरु आउँदै गए । थप उनको रवाफिलोशैली बढ्दै गएको थियो । यस अघिका उपकुलपति दाससँग विश्वासिलो पात्र बनेर उनले राजनीतिक गतिविधिलाई पनि उस्तै गरी अघि बढाए । जुन बेला उनले राजनीतिक उचाईसमेत प्राप्त गरे । दासले ナफुकुवा साढेँᅳ जस्तो छाडेका कारणले उनी राजनीतिक रुपमा पनि उस्तै सक्रिय भए । जसको प्रत्यक्ष लाभ उनले लिए । त्यति मात्रै हैन, प्रतिष्ठानमा हुने भागबण्डाको असियार बनेको प्रतिष्ठानका कर्मचारीहरु नै बताउँछन् । उनकै पालामा समाजसँग असन्तुष्ट बन्दै अर्को समकक्षी संगठनसमेत बन्यो । जसको नेतृत्व राजन कोइरालालगायतले गरे । त्यो अहिले पनि उस्तै अवस्थामा चलायमान छ । आफ्नो शक्ति हालका उपकुलपतिमा पनि उस्तै गरी यथावत राख्न चाहान्छन् । तर, उपकुलपतिले उनलाई उनको अभिलाषा, आकांक्षा पूरा हुन दिने अवस्था छैन । दोस्रो प्रतिष्ठानलाई बचाउन बनिरहेको दवाव समूह । गएको आइतबार समाजकै नेतृत्वमा धरानको कञ्चनजᆰ्घा होटलमा एउटा अन्तरक्रिया गᆬयो । त्यो अन्तरक्रियामा अध्यक्ष गोलेले प्रतिष्ठान भित्र भएको भ्रष्टचारको कुराहरुलाई बाहिर ल्याउने प्रयत्न गरे । उनले एमआरआई मेसिनदेखि हालको निर्माणाधिन क्यान्सर भवन र मातृशिशु भवनको कन्सल्टेन्सी चार्जको कुरालाई उठाएर भ्रष्टचार भएको कुरालाई छताछुल्ल पोख्न खोजे । जुन, संस्थामा उनी कार्यरत छन् त्यही संस्थाको भ्रष्टचारलाई बाहिर ल्याउने हिम्मत गरे । त्यो हिम्मतलाई साधुवाद भन्नै पर्छ । तर, उनीमाथि उठ्ने र त्यो दिनको अन्तरक्रियामा पनि उठेको कुराहरुलाई गम्भीर भएर केलाउने हो भने त्यो भ्रष्टचारमा कही कतै उनी पनि संलग्न थिए कि भन्ने सहभागीहरुको प्रस्तुतीबाट खुल्दथ्यो । उनी प्रत्यक्ष रुपमा भ्रष्टचार गरेनन् भलैं । तर, संस्थागत रुपमा उनले पनि भ्रष्टचार गरेको कुरालाई प्रा.डा. भीम खतिवडाले घुमाउरो तरिकाले जवाफ दिएकै हुन् । खासमा त्यो अन्तरक्रियाको उद्देश्य अर्कै थियो । समाजका अध्यक्ष गोलेले कर्मचारीको आन्दोलनलाई ナसुरक्षित अवतरणᅳ गराउने प्रयास स्वरुप थियो । त्यही अनुरुप दवाव समूह पनि बन्यो । तर, दवाव समूहको उद्देश्य भने धरानको भ्रष्टचार तथा त्यहाँ भएका विकृति विसंगतिहरुलाई अध्ययन अवलोकन गरेर प्रतिष्ठानका प्रशासनिक क्षेत्रमा कार्यरतहरुलाई दवाव दिने थियो । गोलेले सोचेजस्तो अपेक्षाकृत ナसेफ ल्याण्डिᆰᅳ नहुने देखेपछि उनी केही खस्किएका थिए । त्यति मात्रै हैन, सन्नी श्रेष्ठको अध्यक्षतामा बनेको गैरनाफामूलक संस्था ナधरान एकता समाजᅳ ले गरिरहेको गतिविधिलाई पनि केही हदसम्म तह लगाउन सकियोस् भन्ने थियो । धरान एकता समाजले पनि त्यहाँको आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेपको कुरालाई उठाएर अख्तियारसम्म पुगेको थियो । जसमध्ये आर्थिक अनियमितताको कुरा उठाएर गोलेले उनीहरुलाई आर्कषित गर्न खोजेका थिए । फलतः उनको त्यो सोच फेल खान गयो । तेस्रो किन धरान एकता समाजले राजनीतिक हस्तक्षेप भएको भन्दै गोले र थापालाई हटाउने प्रयास बारम्बार गरिरहेका छन् ? अहिले बजारमा आएको अर्को मूल प्रश्न मध्ये यो पनि हो । एक जानकार कांग्रेसका अनुसार प्रादेशिक र संघको चुनाव नजिकिदै जाँदा प्रादेशिक चुनावमा सुजेन्द्र गोलेको नाम पनि अग्रपंक्तिमा छ । तर, धरान एकता समाज त्यो चाहादैन । समाजले गोलेको राजनीतिक जीवनलाई पूर्ण विराम लगाउन चाहान्छ । र, प्रादेशिक चुनावमा विनोद राईलाई उठाउन चाहान्छ । धरान एकता समाजले चाहे अनुरुप केही कामहरु भएका पनि छन् । जस्तो कि सुजेन्द्रले जिल्ला सचिव र प्रवक्ताबाट राजिनामा दिनु । त्यो हिसावले उनी अघि बढ्ने सम्भावना केही हदसम्म टरेको छ । र, उनी प्रादेशिक चुनावमा भिडन्त गर्दा उनले प्रतिष्ठानको जागिरबाट राजिनामा दिएर अघि बढ्नु पर्ने हुन्छ । अहिलेको अवस्थामा गोले त्यो गर्ने पक्षमा देखिएका छैनन् । र, विनोद राईलाई प्रादेशिक चुनावमा उठाएर राजनीतिक रुपमा दर्विलो प्रस्तुती देखाउन चाहान्छ । भलै धरान एकता समाज गैरनाफामूखी र गैराराजनीति संस्था नै किन नहोस् । उक्त संस्था सञ्चालन गर्नेहरु अधिकतर कांग्रेसजन नै छन् । त्यो हिसावले पनि प्रतिष्ठानमा भएको राजनीतिक हस्तक्षेपलाई लिएर गोले र थापाको राजनीतिक जीवनमा पूर्ण विराम लगाउन धरान एकता समाज उद्दत छ । अर्का जानकार कांग्रेसी नेता भन्छन्, ナसगै राजनीति गरेकाहरु केही माथि पुगेपछि त्यो अस्तित्व स्वीकार गर्न नसकेका कारणले गोले र थापाको राजनीतिक ナकरियरᅳ सक्ने दाउँमा धरान एकता समाज लागेको हो । चौथो प्रश्न किन बन्यो त अर्को दवाव समूह ? प्रा.डा. राजेन्द्र शर्मा पोखरेलको संयोजकत्वमा नागरिक दवाव समूह बने लगत्तै दुई दिनपछि अर्थात् मंगलबार सिद्धि नेवा परिषद्मा पूर्व प्रअ कमलप्रसाद पोखरेलेको संयोजकत्वमा अर्को समूह बन्यो । उक्त समूहको उद्देश्य पनि माथिल्लो समूहको उद्देश्य भन्दा फरक छैन् । तर, उसले भने बीपी प्रतिष्ठान भित्रको राजनीतिक अखडालाई अन्त्य गर्न चाहान्छ । त्यसमा भएका कतिपय सदस्यहरुले स्थानीय तहमा नेपाली कांग्रेस हार्नुको कारण ? भन्दै गोलेतर्फ इंगित गरेका छन् । उनले गरेको ナकेटाकेटीᅳ राजनीतिकका कारण नेपाली कांग्रेसले नराम्ररी पराजय भोग्नु परेको निश्कर्ष उनीहरुको छ । त्यही निश्कर्ष बोकेर हिड्ने मध्येका समितिमा पनि छन् । उनीहरुको मूख्य उद्देश्य नै गोले र थापाको राजनीतिक करिअरलाई ナब्रेकᅳ गर्न चाहान्छन् । त्यो समूहको उद्देश्य प्रतिष्ठान भित्रको भ्रष्टचार भन्दा पनि बढी ナराजनीतिक हालिमुहालीᅳ को अन्त्य गर्न चाहान्छन् । त्यसो हो भने अहिले भइरहेको आन्दोलनको चुरो कुरा के हो त ? किन दवाव समूह दुईवटा बन्नु पर्ने आवश्यकता पᆬयो ? २०४५ साल भदौं ५ गतेपछि मृत धरानलाई ナसंजिवनी बुटीᅳ को रुपमा काम गर्ने बीपी प्रतिष्ठान बचाउन किन दुईवटा समूह ? धरानका नागरिक किन बिभाजित ? कमलप्रसाद पोखरेलको संयोजकत्वमा बनेको समूहको आरोप छ ナडा. शर्माको संयोजकत्वमा बनेको दवाव समूह प्रतिष्ठानको हितमा भन्दा पनि गोलेको हितमा बोल्ने समूह हो ।ᅳ त्यो आरोप केही हदसम्म सत्य जस्तै पनि देखिन्छ । किनकी कर्मचारी कल्याण समाजको नेतृत्वमा भएको अन्तरक्रियामा त्यो समूह बनेको छ । नागरिक स्तरमा छुट्टै समूह बन्न सक्ने सामाथ्र्य थिएन र ? त्यो समूह बारेमा टिप्पणी गर्दै अर्को दवाव समूह गठन गर्न मंगलबार गरिएको कार्यक्रममा राप्रपाका नगर अध्यक्ष जुद्ध लोहनीले भनेका थिए, ナमलाई त्यो कार्यक्रमपछि केही साथीहरुले तपाईलाई बोलाएर हामीले गलत गरेछौं । तपाई त अर्कै पक्षको हुनुहुदो रहेछ भनेर भनियो । मैले आफ्नो बिचार राख्दा त्यसो भनिएपछि मैले त्यो गोलेको पक्षधर समूह हो भन्ने ठाने ।ᅳ खासमा नयाँ उपकुलपति रौनियारलाई हटाउन एउटा पक्ष हात धोएर लागेको छ भने रौनियारलाई बचाउन अर्को पक्ष पनि उस्तै गरी लागेको छ । त्यस्को पुष्टी हुने आधारहरु मध्ये निर्वतमान उपकुलपति दासले सर्वोच्च अदालतमा दिएको निवेदनबाटै प्रस्ट हुन्छ । यहाँ कस्ले कस्लाई सिध्याउन सकिन्छ त्यो खेलामा लागेका छन् । र, सचेत धरानेहरुले भने प्रतिष्ठान बचाउन तिर लाग्नुपर्छ । कसैको भनाइमा र कसैको उक्साहटमा हतारो निर्णय किमार्थ गर्नु हुँदैन । यदी त्यो भयो भने मृत धरानलाई संजिवनी बुटीको रुपमा काम गरेको प्रतिष्ठान हाम्रो नियन्त्रणबाट बाहिर जाने छ । त्यसैले धरानेहरुले बेलैमा सोच्न आवश्यक छ ।