मुम्बई/ भारतीय चलचित्र उद्योग बलिउडका एकजना चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किएका छन्।

उनी चार बर्ष जेल जिवनपछि पुनः यस क्षेत्रमा फर्किएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् । चार बर्षको जेल जिवनपछि उनले पहिलो पटक भुमी नामक उनीद्वारा अभिनित चलचित्रको बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराइएको छ ।

उक्त चलचित्रमा उनले नायिकाको बुबाको भूमिका निर्वाह गरेकाे छ । शुक्रबारै सो चलचित्र सार्वजनिक हुने पोस्टर भारतका विभिन्न स्थानमा टाँसिएको छ । चलचित्रमा नायिका रहेकी आफ्नी छोरीलाई बलात्कार गर्नेहरुलाई बदला लिने एक जना सशक्त बुबाको भूमिका निर्वाह गरेको छ ।

उनी सन् २०१६ मा जेलमुक्त भएको थियो । सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उनीमाथि हतियार आपूर्ति गरेको आरोप लागेको थियो । सोही अभियोगका लागि उनी चार बर्ष जेल बस्नु परेकाे थियो ।

अन्ठाउन्न बर्षीय दत्त पुनः चलचित्रमा फर्किएको समाचार भारतीय सञ्चारमाध्यमहरुका साथै शुक्रबारका सामाजिक सञ्जालहरुमा पनि राखिएको बताइएको छ ।

ओमुङ् कुमारले निर्देशन गरेको सो चलचित्र सञ्जय दत्तकै कारण निकै चर्चित हुने अपेक्षा सर्वत्र गरिएको ती समाचारहरुमा जनाइएको छ ।

सञ्जय दत्तलाई मन पराउने सर्वासाधारणहरुले उक्त चलचित्रको टिकट पहिले नै लिइसकेका र चलचित्र हलमै पुगेर हेर्ने योजना बनाएको जनाएका छन् ।

उनले यसबाहेक अरु तीन वटा चलचित्रमा अभिनय गर्दैछन् । ती चलचित्रको छायाङ्कनका लागि उाी केही महिनादेखि नै निकै ब्यस्त रहदै आउएको छ ।