अफगानिस्तान/ अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् ।

प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले शुक्रबार सो जानकारी दिएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा शुक्रबार बिहान सबेरै सीमा प्रहरी बलले गरेको यस कारबाही एम्बुसमार्फत गरिएको थियो ।

यस कारबाहीमा १२ तालिवान आतंककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकले जानकारी दिए ।

यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

रासस