धरान/अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिशेष कार्यक्रम सम्पन्न भएको छ ।रोटयाक्ट क्लब अफ धरान घोपाको सयुक्त आयोजनामा सम्पन्न कार्यक्रम मा शान्तिको प्रतिकको रुपमा मानब लोगो बनाइएको थियो ।

रोटयाक्ट क्लब अफ धरान घोपाकी जनसम्पर्क प्रमुख तुलसा कार्कीले धरान र रोटयाक्ट क्लब अफ चण्डिगड भारतमा एकै समयमा एउटै कार्यक्रम भएको जानकारी दिइन ।

रोटयाक्ट क्लब अफ धरान घोपा रोटयाक्टको आरआइडी ३२९२ डिस्ट्रिकमा पर्छ भने चण्डीगड आरआइडी ३०८० डिस्ट्रिकमा पर्छ । धरानको क्लब र चण्डीगडको क्लब ट्वीन क्लबको रुपमा स्थापित छन् ।

शान्तिकालागि एक जुट होउ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा ७२ जना रोटयाक्टरहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा टुइन क्लबहरुको संयोजन रोट्याक्टका आइएसडी आयुस श्रेष्ठले गरेका थिए ।