नयाँदिल्ली/भारतको सर्वोच्च अदालतले गाई संरक्षणका नाममा भईरहेका गतिविधिबाट पिडितहरुलाई तत्काल क्षतिपूर्ति दिन आदेश दिएको छ ।

भारतमा राष्ट्रबादी भारतीय जनता पार्टी विजेपीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि गाई संरक्षणका नाममा भएको विभिन्न खाले गतिविधिका कारण झण्डै एक दर्जन जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।  भारतीय जनता पार्टी सन् २०१४ मा सत्तामा आएपछि गाईको मासु खाएको भन्दै मुसलमान र दलित समुदायका व्यक्तिहरूमाथि विभिन्न आक्रमण भएको थियो ।  सरकारी अधिकारीहरूका अनुसार गाई संरक्षणका नाममा भएका अभियानका क्रममा पछिल्लो तीन वर्षमा झण्डै १२ जनाको मृत्यु भएको छ ।

उनीहरुले दुधका लागि गाई ल्याएकाहरुलाई पनि आक्रमण गरेर अतिवादी व्यवहार देखाएको पाइएको छ ।  भारतमा गाई संरक्षणका नाममा भईरहेका गतिविधिका बारेमा भएको सुनुवाईमा प्रधानन्यायाधिश दिपक मिश्रले भन्नुभयो, “यस्ता घटना गराउनेहरु अपराधी हुन भने निर्दोषलाई सरकारले क्षतिपूर्ति दिनुपर्दछ । ”  सर्वोच्च अदालतले यसअघि स्वघोषित गाई संरक्षणकर्ताहरूलाई नियन्त्रण गर्न आदेश दिएको थियो । केन्द्रीय सरकार र प्रादेशिक सरकारलाई अदालतले दिएको आदेशमा तत्काल केही कदम चाल्न पनि भनिएको थियो । भारतमा गाईलाई हिन्दू धर्मअनुसार पुजनीय रूपमा लिइन्छ । त्यसका लागि कडा कानून पनि बनाइएका छन् ।  स्वघोषित गाई संरक्षणकर्ताद्वारा मुस्लिम र दलित समूदायका व्यक्तिहरूमाथि भएको आक्रमणको भारतीय प्रधानमन्त्री मोदीले पनि निन्दा गरेका छन् । रासस÷सिन्ह्वा