ताप्लेजुङ/एक आर्थिक वर्षमा ताप्लेजुङ जिल्लाका अठार वटा विद्यालयमा गणित र विज्ञान प्रयोगशाला व्यवस्थापनका लागि मात्र २७ लाख रुपैयाँ अनुदान वितरण गरीएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार सरकारले १८ वटा माध्यमिक विद्यालयलाई प्रति विद्यालय १ लाख ५० हजारका दरले अनुदान रकम वितरण गरीएको हो ।

अनुदान रकम वितरण गरीएका विद्यालयहरुमा फुङ्लिङ सदरमुकामको भानुजन मावि, युवा वर्ष मावि, थेचम्बु मावि थेचम्बु, कालिका मावि नाङखोल्याङ, शारदा मावि थुम्बेदिन, जनता मावि हाङ्देवा, त्रिभुवन मावि थुकिमा, कालिका मावि तिरिङ्गे, राष्ट्रिय मावि पेदाङ, परमसिहदेवि मावि निघुरादिन, मैवाखोला मावि ढुङ्गेसाँघु, शिद्धेश्वरी मावि सादेवा, गुप्तेश्वर मावि फुलबारी, कञ्चनजंघा मावि याम्फुदिन, सिम्बु मावि फावाखोला, शिंहकालि मावि थिङलाबु, आम्बेगुदिन मावि आम्बेगुदिन र बाल्देन मावि पापुङ रहेको जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौलाले जानकारी दिए ।

ती विद्यालयलाई सरकारले गत आर्थिक वर्षमानै प्रति विद्यालय १ लाख ५० हजारका दरले रकम प्रदान गरेले अधिकाँसमा प्रयोगशाला निर्माणका लागि सामाग्रि खरीद गरी प्रयोगशाला सञ्चालनमा आएको जिशिअ निरौलाको भनाई छ । केहि विद्यालयले रकम लगे पनि प्रयोगसाला निर्माण नगरेको गुनासो आएकाले अनुगमन गरी स्पष्टिकरण सोध्ने निरौलाको भनाई छ । एउटा विद्यालयमा कक्षा १२ सम्मका लागि प्रयोगशाला निर्माण गर्न कम्तिमा पनि ३०/३५ लाख रुपैयाँ लाग्ने भानुजन माविका प्रधानध्यापक किसोर कुमार राईले बताए ।

आफुहरुले विद्यालयकै लगानियमा केहि वर्ष अघि देखिनै प्रयोगशाला सञ्चालनमा ल्याएको बताउँदै सरकारले शिक्षा कार्यालय मार्फत दिने सानु रकमले मर्मत र साना सामाग्रि खरिद गर्न मात्रै पुग्ने शिक्षक राईको भनाई छ । अन्य केहि विद्यालयले भने रकम लगे पनि सो रकमले लगानि नै नगरेको अभिभावकहरुको गुनासो रहेको छ ।