सुत्केरी गराउन अस्पताल पुगेकी महिला दुई महिनादेखि सिकिस्त जीवन बाँच्न बाध्य

alt
  • आश्विन ७, २०७४
  • ११० पटक पढिएको
  • ब्लाष्ट खबर

विराटनगर/सफल सुत्केरी गराएर केही दिनमै घर फर्कने आशा लिएर अस्पताल भर्ना भएकी एक महिला दुई महिनादेखि अस्पतालमा छिन् । तीन वटा अप्रेसन गराएर पनि उनलाई निको भएको छैन् । दुई महिनादेखी अस्पतालमै सिकिस्त जीवन बाँच्न बाध्य भएकी छन् । १८ साउनमा सुत्केरी गराउन बिराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल टिचिंङ्ग अस्पालमा भर्ना भएकी विराटनगर महानगर १४ की २५ वर्षीया सञ्जुु साह सिकिस्त जीवन बाँच्न बाध्य भएकी छिन । तीनवटा अप्रेसन गरिसकेपछि अझै अस्पतालकै शैयामा छिन् । व्यथाले च्यापेपछि श्रीमान पवनसँगै सुत्केरी गराउन नोबेल अस्पताल पुगेकी सञ्जुुले भर्ना भएर अप्रेसनबाट छोरा जन्माइन् । तर, सन्तान जन्माउन सफल भएपनि उनी भने झन् सिकिस्त बनिन् । सिकिस्त बनेपछि सञ्जुुलाई आइसियुमा राखियो । आमाको दुघ चुस्न नपाइकन छोराको २१ दिनमै मृत्यू भयो । तर, अझैसम्म आमा सञ्जुको अबस्था उस्तै छ । उनि नोवेल अस्पतालको हाडजोर्नीं छिन । उनका पती पवनले उपचारका क्रममा चिकित्सकले गम्भिर लार्पाबाही गरेको आरोप लगाएका छन् । ‘छोरा जन्मे पछि आमालाई झन्झन् साह्रो हुन थाल्यो । कम तौलको बच्चा जन्मिएको भन्दै चिकित्सकले एनआइसियूमा बच्चा भर्ना गरिदिए, छोराको पनि २१ दिनका दिन मृत्यू भयो आमाको हालत झन् झन् बिग्रदो छ यो सबै अस्पतालको लार्पाबाहीले गर्दा भएको हो,’ श्रीमान पवनले भने । उनका अनुसार डेलिभरिको समयमा डक्टरहरुले सुई लगाएपछि श्रीमतीको अबस्था नाजुक बन्दै गएको हो । करिब दुई महिनाको अवधिमा सञ्जुको खुट्टा, घुँडा, पेट र छातीको अप्रेसन भैसकेको छ । तर, उनी अझै ठीक भएकी छैनन् । अस्पतालका प्रबन्ध निर्देशक नारायण दहालले उपचारमा अस्पताल र चिकित्सककोतर्फबाट कुनै लार्पावाही नभएको दाबी गरे । उनका अनुसार सञ्जुलाई पहिलेदेखी नै ढाड दुख्ने समस्या रहेको र अप्रेसन गरेर बच्चा जन्माउनु परेको थियो । अप्रेसन गरेर जन्मिएको बच्चा नरोएपछि आइसियूमा भर्ना गरिएको उनको भनाई छ । चिकित्सकहरुले अथक प्रयास गर्दा पनि बच्चा बचाउन नसकेको र २१ दिनमा मृत्यू भएको हो । प्रबन्धक दहालले चिकित्सकलाई उद्धृत गर्दै भने, ‘सञ्जुलाई अर्थराईटिस मस्कुलर पेन अर्थात हडी र मासु दुख्ने समस्या भएको हो पहिले दुवै खुट्टा चल्दैन थे अहिले चल्न थालेका छन स्वास्थ्यमा सुधार हुँदैछ ।’ प्रबन्धक दहालले सञ्जुको उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै आइसियु र बेडको शुल्क पनि मिनाहा गरिदिएको जानकारी गराए । यता सञ्जुका श्रीमान पवन साहले चाँही उपचारमा अस्पतालको लार्पाबाही भएको भन्दै छानबिनको माग गरेका छन । उनले आफनो फेसबुक वालमा अस्पतालका चिकित्सकको लार्पाबाहीले बच्चाको मृत्यू भएको र आमाको स्वास्थ्य स्थिति पनि नाजुक अबस्थामा पुगेको भन्दै दशैमा शुभकामना दिन नसक्ने बताएका छन् । रासस

होमस्टेमा भ्रमण बर्ष

धरान / होमस्टे (घरबास) पर्यटनमा आउने सबै पाउनाहरूल

चार महिनाको अभ्यासमा

जिरोपोइन्ट /  यहि असोज ३ र ४ गते वीरगञ्जमा सम्पन्न

धेरैका भरोसा डा. प्र

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटुरोगीको उप

प्रादेशिक सञ्चारमाध्

समाजको विकास र अग्रगतिका लागि सञ्चार कार्य अति आवश्यक ह


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved