इटहरी /राहत शिक्षकहरुको प्रदेश नम्वर १ को भेलाले गुरुप्रसाद अघिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

इटहरीमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विवेक उप्रेति, उपाध्यक्षमा केशवप्रसाद पोखरेल, महासचिवमा ताज रैन, उपमहासचिवमा इश्वरीप्रसाद सुवेदी, सञ्चार प्रवक्तामा डिपी ढुङ्गेल र कोषाध्यक्षमा रामजी दाहाल चयन भएका छन् । यसै गरी सदस्यहरुमा ः प्रमेस्वर प्रसाद मेहता, बालकृष्ण चौलागाई,सोभा शाही,सकिला सुब्वा लगायत चयन भएका छन् ।

अधिवेशनान सुभकामना मन्तव्य प्रमुख अतिथि केन्द्रिय अध्यक्ष गोकुल रोकाया, सह अध्यक्षद्धय नविनसिंह धामि विरेन्द्र मल्ल, केन्द्रिय महासचिव वि पी खनाल, ,प्रदेस नं ७ का अध्यक्ष प्रेम शाही, लगायतको सहभागिता रहेको थियो । वार्ता छलफल वहस गरेर राज्यसंग राहत शिक्षकका पेशाको स्थायित्व गर्ने प्रमुख अतिथिले वताएका थिए ।

अन्य शिक्षक सरह सेवा सुविधा नदिए दशैँपछि शैक्षिक र पेशाको ग्यारेन्टिका लागि निर्णायक आन्दोलन गर्ने चेतावनि दिएका थिए ।