धरान/धरान उपमहानगरपालिका–८ मा अाइतबार बिहानकाे राती मोटरसाइकल अनियन्त्रित भई दुर्घटन हुँदा धरानका दुई युवा घाइते भएका छन् । घाइते हुनेमा धरान १७ का ३० वर्षीय चन्द्रबहादुर कालीकोटे र सवार सोही ठाउँका २१ वर्षीय जुलन कालिकोटे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरु सवार को २९ प ४००९ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भइ दुर्घटना भएको थियो । उनीहरुको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । प्रतिष्ठानबाट उनीहरुकाे उपचार भइरहेकाे छ । उनीहरूकाे अनुहार, हातमा, खुट्टामा चाेट लागेकाे बताइएकाे छ । त्यस्तै मोरङको बिराटनगर महानगरपालिका–४ स्थित आयल निगम नजिकै को १ ह ५४९२ नम्बरको सिटीसफारी अनियन्त्रीत भई वालमा ठोक्किदा सिटीमा सवार विराटनगर महानगरपालिका–१६ का २३ बर्षिय दिनेश घिमिरे घाईते भएका छन् । उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरेहको छ । सिटीका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी बरगाछीले जनाएको छ ।