धरान/धेरैको मुखमा झुण्डिएको ‘चौबन्दिमा पटुकी बाध्या छैन् भन्दैमा’ गीतकी गायिका आस्था राउत धरानमा पहिलो पटक झुल्किइन । [caption id="attachment_56476" align="alignnone" width="960"] तस्बिरः विकास राई[/caption] धेरै धरानेले मन पराएको यो गीतका गायिका भने इजि राइडर्स विजनेस ग्रुपको आयोजनामा शनिबारदेखि सुरु भएको ‘टेन्सबर्ग दशैं शुभकामना साँझ–२०७४’ को कार्यक्रममा झुल्किएकी हुन् । स्टेजमा निक्कै ढिला गरी उक्लिए पनि उनले आफ्ना सदाबहार गीतहरुबाट धराने दर्शकहरुलाई उफारिन् । सँगसँगै गीत गाउनेसमेत बनाइन् । संगीतमा झुम्ने धरानेहरु माझमा उनीसमेत झुमिन् । पहिलो पटक धरानमा आउँदा आफू निक्कै खुसी भएको भन्न विर्सिनन् । धरान राम्रो सहर रहेको भन्दै प्रसंशा पनि गरिन् । एक दर्जन गीतहरुबाट धरानेहरुलाई लठ्ठ पारिन् । शनिबारदेखि सुरु भएको दशैं शुभकामना साँझ असोज १२ गतेसम्म जारी रहन्छ । उद्घाटनको अवसरमा गायिका राउतले धरानेहरुको माया बटुलेर गइन । होटल इजि राइडर्सको आफ्नै परिषरमा भइरहेको शुभकामना साँझमा हरेक दिन गीतसंगीतसँगै हास्य मनोरञ्जनसमेत हुने विजनेस ग्रुपका अध्यक्ष लोक खापुङले बताए । आस्थाको आगमन पूर्व लोयल डान्स सेन्टरले आफ्ना धमाकेदार प्रस्तुतीमार्फत् दर्शकहरुलाई बाधे । उनीहरुले पनि झण्डै एकदर्जन गीतहरुमा प्रस्तुती दिए । [caption id="attachment_56477" align="alignnone" width="960"] तस्बिरः विकास राई[/caption] त्यस्तै स्थानीय व्याण्ड पल एण्ड फ्रेण्ड्सको प्रस्तुतीले पनि दर्शकहरुलाई राम्रैसँग बाधेको थियो । ‘रक एण्ड रोल’ सुन्न मन पराउनेहरुको लागि पल एण्ड फ्रेण्डस् निक्कै फलदायी बनेको थियो । उसले पनि आधा दर्जन गीतहरु गाएका थिए । [caption id="attachment_56478" align="alignnone" width="960"] तस्बिरः विकास राई[/caption] साँझमा हरेक दिन चर्चित कलाकारहरुको आगमन हुँदै छ । जसमा धरानबाटै स्थापित बनेका गायक सविन राई, विल्सनबिक्रम राई तक्मेबुढा, सुगम पोखरेल, नायक पल साह, सुस्मा कार्की लगायतको प्रस्तुती रहने अध्यक्ष खापुङहाङले बताए । स्थानीय व्याण्डहरुको प्रवद्र्धनसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिरहेको हो । विशेष गरी दशैंमा देशविदेशबाट फर्किएका आफ्ना आफन्तहरुलाई मनोरञ्जन गराउने माध्यमको रुपमा यो साँझ रहने विश्वास आयोजकले लिएको छ । प्रस्तुतीः भोजराज