विराटनगर/ चाडपर्वको समयमा विभिन्न प्रलोभनमा परी ठगि गर्ने पाँच जना गिरोहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विद्युतिय उपकरणको प्रयोग गरी चिठ्ठा परेको छ भन्दै प्रलोभनमा परी मानिसहरुसंग पैसा ठगी गर्ने गिरोहलाई विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीले आइतबार विराटनगरमा पत्रकार सम्मेलन विभिन्न व्यक्तिहरुबाट ठगि गर्ने एक भारतीयसहित ठगिमा संलग्नलाई प्रहरीले सार्वजानिक गरेको छ । यसरी पक्राउ पर्नेहरुमा विराटनगर १५ का १९ वर्षिय भोला ठाकुर २१ वर्षिय विसालकुमार रोय सोही ठॉउका २० वर्षिय वसन्तकुमार पासवान २३ वर्षिय अजय मण्डल र भारत अररीया जिल्ला जोगवनी हरीजन कलौनी ५ वस्ने राजेशकुमार रामलाई सार्वजनिक गरेको हो ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुणकुमार विसीका अनुसार विषेश सुराकीको परिचालन गरी उनीहरुलाई पक्राउ गरेको बताए । प्रहरीले पत्रकार सम्मेलनमा उनीहरुवाट वरामत ५६ हजार नगद विभिन्न कम्पनीका चार थान मोवाइल सेट २ थान इन्डियान सिम र एक थान नेपाली नागरिताको प्रमाण पत्रपनि सार्वजनिक गरेको छ ।

प्रहरी उपरिक्षक विसीले ठगी गिरोहमा सलग्न उनीहरुले टेलीफोन र भाइवर मार्फत धादिङ थाक्रे गाउपालिका ११ वस्ने विकास भुजेललाई तपाईको नाममा ५० लाख नगद र कार गाडी चिठ्ठा परेको भन्दै भुजेलवाट २ लाख ८ हजार रुपैया ठगी गरेका थिए ।भुजेललाई चिठ्ठा परेको रकम र गाडी लिन भारत सरकारलाई कर तिर्नू पर्छ भनी पैसा माग गरेका थिए । प्रहरी उपरिक्षक विसीले भने, “भुजेल मात्र हौइन उनीहरुको फन्दामा धेरै नेपाली ठगिएको अनुसन्धानवाट खुल्ोको छ ।”

अनुसन्धनको प्रारम्भिक चरणमा नै हामीले उनीहरुले विभिन्न व्यतिmवाट ११ लाख २५ हजार ५ सय २ रुपौया ठगी गरेको खुलेको छ । ठगिको गिरोह पक्राउ गरेपछि अहिले पीडिहरुले उजुरी दिने पनि बढेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार विराटनगर १५ स्थित गौरव वचत तथा क्रृण सहकारी संस्था रानीका रहेको आएइमीवाट विभिन्न मितिमा बिभिन्न व्यतिmलाई चिठ्ठाको प्रलोभनमा पारी पैसा ठगीको देखिएको हो । प्रहरीले चिठ्ठाको प्रलोभनमा पर्ने र पैसा ठगी गर्ने धन्दा भारतवाट सञ्चालित रहेको र यसको मुख्य नायक भारतमा रहेको अनुसन्धावाट खुलेको प्रहरीको भनाई छ ।

चिठ्ठाको प्रलोभनमा पारी मानिसहरुवाट पैसा ठगी गर्ने धन्दाको मुख्य योजनाकार भारतीय मुलका नागरिक भएको र उनी भारतमा वसेर भारतीय सिमा क्षेत्रका नेपाल तर्फका मुख्य शहरमा यो धन्दा चलाउने गरेको अनुसन्धानवाट खुल्न आएको प्रहरी उपरिक्षक विसीले बताए ।‘ठगी धन्दा मौलाएको देखिन्थ,’ प्रहरी प्रमुख बिसीले भने, ‘थप अनुसन्धान भई रहेको छ ।

यस विषयमा धेरै कुरा वाहिर आउन सक्छ ।’ प्रहरीका अनुसार पक्राउ गरीएका उनीहरुलाई ठगी र साइवर क्राइम सम्वन्धि मुद्दा चलाइएको एसपी बिसीले बताए ।