धरान/मिस प्लस टु २०१७ को आयोजक विग इभेन्ट नेपाल प्रलिले शनिवार सहभागि तथा सहयोगिहरुलाई वधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

गत भाद्र २६ गते संपन्न भएको मिस प्लस टु प्रतियोगितामा सहभागि तथा विजताहरुलाई वधाई तथा प्रंशसा प्रमाण पत्र प्रदान गरिएको थियो । साथै कार्यक्रम आयोजनामा सहयोग पुर्याउनु हुने संघ संस्था तथा व्यक्ति विशेषहरुलाई पनि मायाको चिनो प्रदान गरेर धन्यवाद ज्ञपन गरिएको थियो ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी व्लाष्ट टाइम्स दैनिकका प्रवन्ध निर्देशक तथा सम्पादक किशोर कुमार कार्की, विग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राई , मिस प्लस टु चिफ एक्जुकेटिभ डाइरेक्टर दोर्पध्वज राई, विग इभेन्ट नेपालका डाइरेक्टर विकास चाम्लिङ राई, पे्रम शाक्य लगायतले प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

मिस प्लस टु प्रतियोगितामा २५ जना प्रतिश्पर्धिहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा काठमाण्डौ न्युरोडकि सिमरन तुलाधर विजेता भएकी थिएन भने फस्ट रनर अप डिपो उच्च माविका विलम राई र सेकेन्ड रनर अप एम्स कलेजका आरति वस्नेत भएकी थिइन ।

कार्यक्रममा विग इभेन्ट नेपालले आउदै गरेको दशै तिहार लगत्तै लिटल किड र मिस स्टेटको आयोजना गर्ने घोषणा पनि गरेका छन । मिस स्टेटको आयोजना आउदै गरेको प्रदेश चुनाव र संसदिय चुनाव पछि मिति तोकेर गर्नेे विग इभेन्ट नेपालका निर्देशक दोर्पध्वज राईले जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथी किशोरकुमार कार्कीले मन्तव्यका क्रममा मिस प्लस टु विजेता तथा सहभागिहरु सम्पुर्णलाई वधाई तथा सुभकामना दिएका थिए । कार्यक्रममा विग इभेन्टका निर्देशक विकास चाम्लिङ राईले स्वागत मन्तव्य दिएका थिए ।