एजेन्सी/१२ वर्षको उमेरमा आफ्नै आमाले बेचेकी छोरी २४ वर्षको उमेरमा घर फर्किएर आएकी छन्।

उनी एक युवकको सहयोगमा प्रहरीद्वारा उद्धार भएपछि १२ वर्षपछि घर फर्किन सफल भएकी हुन्। यो घटना भारतस्थित जबलपुर भन्ने स्थानको हो। १२ वर्षको उमेरमा उनलाई आमाले गाडीमा बसाएर शहर लगेकी थिइन्। उनले छोरीसँग ती मान्छेहरुले पढाइदिने समेत बताएकी थिइन्। त्यही बस्न आग्रह गर्दै एक छिन्मा आउँछु भनेकी आमा फर्किइनन्।

त्यसपछि उनी त्यही बस्न थालिन। उनीहरुले ती युवतीमाथि यौन शोषणदेखि मानशिक यातना दिदै आएका थिए। एक दिन उनको एक युवकसँग भेट भयो। उनले ती युवकलाई सबै पीडा सुनाइन्। उनको पीडा सुनेपछि ती युवकले त्यहाँबाट निकाल्न युवतीलाई सहयोग गरेका थिए।