धरान/गत साउन २७ गते राती आएको बाढी तथा पहिरोबाट पिडित भएका मोरङको केराबारी गाउपालीका ४ स्थित खोलाघारिका स्थानियलाई अमर सेवा समाजको संयोजनमा सोमबार राहत बितरण गरिएको छ ।पहिरो तथा बाढीबाट खोला घारीका २२ घर परिवार पुर्ण रुपमा पिडित भएका थिए ।

पिडितहरुले दशैमा भोकै बस्नु पर्ने अबस्था भएको समाचार ब्लाष्ट दैनिकले समाचार प्रकासन भएपछि अमर सेवा समाजले उनीहरुलाई रातह वितरण गर्न संयोजन गरेको थियो । समाजकी सचिब सर्मिला राईको संयोजकत्वमा गठीत राहत संयोजन समितीले सोमबार पिडितहरु सम्म पुगेर राहत वितरण गरेको हो ।

खोलाघारीका पिडितहरुलाई झरना बचत तथा ऋण सहकारी संस्था तथा रेड पाइनपल क्लब काठमाण्डौले ५० हजार बराबरकाे चामल सहयोग गरेकाे थियाे । उनीहरुलाई धरानका पुर्व मेयर मनोजकुमार मेन्याङबो अध्यक्ष रहेको धरान घण्टाघर ब्यबस्थापन समितीलेपनि ५० हजार सहयोग गरेको थियो ।अन्नपुर्ण महिला क्लब अनाम टोल तथा सेवक अभियानकी लक्ष्मी सिजापतीले पनि सहयोग गरेकी थिइन ।

राहत वितरणमा अमर सेवा समाजका अध्यक्ष क्यापटेन हरि बहादुर लिम्बु,सचिब सर्मिला राई,झरना बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक मानबहादुर मगर,ब्यबस्थापक बिबेक आलेमगर,रेड पाइनपल क्लब काठमाण्डौका प्रतिनिधी सन्तोष बिक लगायतले बोलेका थिए ।

कार्यक्रममा रेड पाइनपल क्लबका प्रतिनिधी सम्पुर्ण ताम्राकार, अन्नपुर्ण महिला समुहकी अध्यक्ष प्रतिमा क्षेत्री,सचिब निर्मला बुढाथोकी,घण्टाघर ब्यबस्थापन समुहको तर्फबाट केशब न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

पिडितहरुलाई ४ नंम्बर वडाका वडा सचिब रमेश कट्टेल तथा स्थानिय जनसेवा प्राबीका शिक्षक कुमार बिश्वकर्माको उपस्थितीमा राहत वितरण गरिएको थियो ।पिडित परिवारहरुलाइ प्रति परिवार २५ किलो चामल,एकथान म्याट,मसला जन्य चिज,कपडा सहित नगर तिनहजार पाँच सयका दरले नगद प्रदान गरिएको थियो ।केराबारी गाउपालीकाको ४ नम्बर वडामा रहेको खोलाघारी निकै बिकट क्षेत्र मानिन्छ । यस अघि उनीहरुलाई तरुण दल सुनसरीले पहिलो गएको बेला सामान्य राहत दिएको थियो ।

त्यसपछि कुनै संस्थाले राहत नदिएको तथा सरकारी पक्षबाट समेत उपेक्षा गरिएको गुनासो आएपछि ब्लाष्टले समाचार प्रकासन गरेको थियो । स्थानियहरु राहत लिन करिब डेढ घण्टाको बाटो हिडेर केराबारीको आँप टार सम्म आएका थिए ।दशै टार्न राहत पाएपछि पिडितहरुको अनुहारमा खुसी छाएको थियो ।