धरान/मिस लिम्बु पाँचौ सस्करणको पूर्वाञ्चल अडिसन धरानमा सोमबार भएको छ । अडिसनबाट १५ जना लिम्बू युवतिहरु छनौट भएका छन् । छनौट भएकाहरुलाई एक महिने बन्द प्रशिक्षणमा राखिने बताइएको छ । याक्थुङ युथ एसोसिएसनको आयोजनमा भइरहेको अडिसनमा २० जनाले आवेदन भरेको अध्यक्ष विश्वराज साम्याखामले बताए । अडिसनबाट सन्ध्या तुम्बाहाम्फे, रुपा काङ्गबा, आर्जु तापमादेन, पम्फा मादेन, सुमा लिङ्गथेप, सन्ध्या हेम्ब्या, नुमा कुरुम्बाङ्ग, तुलसा लुमफुङ्गवा, सुस्मिता पालुङ्गवा, मेनुका साउदेन, सनम पयाङगु, ईस्लिसा सिङ्गक, मोनालिसा तेयुङ्ग, रमुना थेबे, नतसा योङ्गहाङ्ग छनौट भए । काठमाडौंमा कात्तिक ७ गते दोस्रो चरणको अडिसन हुने उपाध्यक्ष तथा गीतकार मिना सिंगकले बताइन । अडिसनमा ब्लाष्ट रास्टिय दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशोर कार्की, धरान सौन्दर्यकला ब्यवसायी संघकी अध्यक्ष कमला सुब्बा, मिस लिम्बू २०१५ कि सेकेन्ड रनर अप जुनु पोमु, गायक कन्चन थलङ्गलगायत निर्णायक थिए । दोस्रो अडिसनबाट छानिएका युवतिहरुलाई एकमहिने बन्द प्रशिक्षणमा राखिने छ । उनीहरुलाई लिम्बू संस्कार संस्कृति, भाषासँगै व्यक्तित्वविकास, र्याम्मवर्क क्याटवकलगायत बारे जानकारी प्रदान गरिने मेरिना तुम्साले बताइन् । मिस लिम्बू विजेताले नगद १ लाख रुपैयासहित ताज, छात्रवृती पाउने छ भने फष्ट रनरअपले नगद ५० हजार रुपैयासहित आर्कषक उपहार, सेकेण्ड रनरअपले नगदसँगै ताज प्राप्त गर्ने छ । त्यस्तै १० वटा टाइटल उपाधिसमेत दिइने छ । फाइनल मंसिरमा हुने आयोजकले बताएको छ ।