इटहरी /नेपाल कराते महासंघ आइ डब्लु एफ एन कराते डो संघको मोरङमा तदर्थ समिति गठन गरिएको छ ।

वेलवारीमा सम्पन्न भेलाले अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा सुरेन्द्र तुम्वाहाम्फो, सचिवमा अर्जुन गजुरेल, कोषाध्यक्ष अशोक खड्का रहेको अध्यक्ष सुवेदीले जानकारी दिए । तदर्थ समितिको सदस्यहरुमा मानबहादुर थोप्रा, राजकुमार थापा, रोजन खड्का, इश्वरलाल उदास र गीता राई रहेका छन् ।

आइतबार सम्पन्न भेला सो समिति गठन गरेको हो । भेलामा जिल्ला खेलकुद विकास समिति सदस्य शान्ति काफ्ले र राजन प्रसाईको उपस्थितीमा भएको थियो भने संघका केन्द्रीय सदस्य विजय सुवेदीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।