चरीकोट/ करेन्ट लागेर दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जगमा ४५ वर्षीय भूपबहादुर खत्रीको मृत्यु भएको छ ।

यही असोज १ गते नेपाल विद्युत् प्राधिकरण दोलखाले राखेको टान्सफर्मर पड्केर जलेपछि आज अर्को टान्सफर्मर राख्न खोज्दा करेन्ट लागेर उनको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अहिले घटनास्थलमा प्रहरी गएको छ ।